सि.टा. समाचारदाता
हुम्ला । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक सुचारु भएको छ । सो क्षेत्रमा सुख्खा पहिरो गएपछि यातायात बेला बिहीबार बिहानबाट अबरुद्ध भएकोमा छ घण्टापछि सुचारु भएको हो ।
बिहान एक्कासी माथिबाट सुख्खा पहिरो खसेपछि कर्णाली करिडोरको खच्चामा यातायात सेवा अबरुद्ध भएकोमा सडकको पहिरो पन्छाएपछि यातायात सुचारु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।
सुख्खा पहिरो खस्दा सडकमा बाटो भरिएपछि सडक अबरुद्ध भएको थियो । यसबाट सिमकोट लगाएतका स्थानबाट जिल्लाका दक्षिणी क्षेत्र लगाएत सुर्खेत र नेपालगंज जाने यातायातका साधन तलबाट माथि आउने दुई दर्जन बढी यातायातका साधनहरु रोखिएकोमा सडक खुलाएप्छि सचारु भएका छन् । अव ती समेत सञ्चालनमा आएका छन् । सो क्षेत्रमा सधै सुख्खा पहिरो खसेर यातायात सेवा अवरुद्ध हुने गर्छ । सडकमा खसेको पहिरो पन्छाउन जेसीवी झिकाउने कार्य भई रहेको प्रहरीले जनाएको छ ।























