सि.टा. समाचारदाता
सिमकोट । दिवा खाजा कार्यक्रमले विद्यालयमा अध्ययनरत बिधार्थीहरु नियमित नहुने र कक्षा नछोड्ने समस्या हटेको छ ।
सरकारद्धारा प्राप्त हुने दिवा खाजाका लागि न्यून वजेटबाटै अनिवार्य खाजा खुवाउने गरिएपछि बिधार्थीहरु नियमित हुने कक्षा छोड्ने समस्याबाट मुक्ती मिलेको हो ।
विद्यालय मै खाजा पकाएर बिधार्थीहरुलाई दिउसो खाजाको समयमा खुवाउन थालिएपछि बिधार्थीहरु नियमित हुने क्रम बढेको र कक्षा छोड्ने समस्या हटेको सिमकोट गाउँपालिका–७ को कर्णाली माविका प्रधानाध्यापक लोकराज शाहीले बताए ।
यसअघि दिवा। खाजाको पैसाले खाजा नपुग्ने भएपछि त्यसका ठाउँमा नगदै बिधार्थीहरुको हात दिने गरिन्थ्यो । त्यसले गर्दा बिधार्थीहरु नियमित पनि नहुने र कक्षा छोड्ने संङ्ख्या पनि हुने गरेको समस्या भोगेको र त्यसको समस्या समाधानका लागि खाजै पकाएर अुवाउने उपाय अपनाएको हो ।
बालबिकासदेखि कक्षा पाँचसम्मका बिधार्थीहरुलाई दैनि खाजा पकाएर खुवाउने जिम्मा विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षको जिम्मा लगाईएको छ ।
हाल हिमाली जिल्लामा प्रति बिधार्थी प्रतिदिन पैच्चीस रुपैयमा सरकारले उपलब्ध गराउने गरेको छ । सो बजेटले जे जति ब्यवस्था गर्न सकिन्छ त्यसैबाट गर्ने गरिएको छ । यसका लागि दुई जना सहयोगको पनि विद्यालयले ब्यवस्था गरेको छ ।
दिवा खाजाका लागि १३२ जना बिधार्थीहरु रहनु भएको छ । जसमा बालबिकासमा २७ जना, कक्षा एकमा १७ जना, कक्षा दुईमा जना, कक्षा तीनमा १३ जना, कक्षा चारमा चालीस जना र कक्षा पाँचमा १६ जना बिधार्थीहरु रहनु भएको छ ।
खाजा भने विद्यालयले पौष्टिक आधारलाई मध्यनजर राख्दै चना, मकै, सिमी, कोदोको ढिडो, चिया मकै, भटमास र कहिलो चिनोको भात पकाएर खुवाउने गरिएको छ ।























