सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन् । छाेरा बिजय रावल १३ वर्षको उमेरमै हराएकाे र अहिले २३ वर्षको उमेरमा सकुशल भेटाएकाे उनका बुबा जैनध रावल ले बताउनु भएकाे छ ।
जैधनर रावलले जिल्लाकै सदरमुकाम सिमकाेट बजारमा खुद्रा पसल व्यावसायिक गर्दै दैनिकी गुजारा गर्दै आएका थिए । आफ्नै खुद्रा पसलबाट छाेरा बिजय रावल २०७४ साल बैशाख महिना एकासी हराए र अत्तोपत्तो नभएकाे त्यस दिन बाट आफ्नाे सम्पर्कमा समेत नआएकाे रावलले जानकारी दिनु भयाे छ ।
सानै १३ वर्षको उमेरमा आफै घरबाट एकासि निस्किएर बरालिँदा हराएको जानकारी दिनु भएककाे छ । छाेराकाे खाेजीकार्य जतिसुकै गरेपनि हराएकाे छाेरा नपाएकाे रावलले गुनासाे गर्नु भएकाे छ ।
हराएको छाेराकाे खाेज तलास गर्नकाे लागि नेपालकै सबै प्रहरी कार्यलयमा फाेटाे सहित निवेदन दिएकाे र सामाजिक सञ्चालन लगायत सञ्चार मिडियामा सम्म पनि सुचनापत्र गर्दा समेत आफ्नाे छाेराे बिजय रावलकाे पत्तै नलागेकाे र कसैले पनि आफुलाई अहिले सम्म हराएकाे छाेराकाे बारेमा जानकारी नगरेकाे दुखेसो पाेख्नु भईकाे छ ।
दस वर्ष सम्म भरतकाे दिल्लीमा जीवन बिताउदै आएका बिजय रावलले अष्ट्रेलियामा रहेकी आफ्नै दिदि बुनु रावल सँग सामाजिक सञ्जाल फेसबुकमा साथि बनाई आफ्नाे घर पिरवारकाे सम्पर्क मा आएकाे बुवा जैधन रावलले जानकारि दिनु भएकाे छ ।
अष्ट्रेलियामा बस्दै आएकी छाेरी बुनु रावलले नेपालमा रहेका आमा र बुवालाई आफ्नाे भाई बिजय रावल भारतकाे दिल्ली स्थित भगवत जिल्लाकाे सिबपुर भन्य ठाउँमा रहेकाे आफुलाई जानकारी छारीले गराएकाे बुवा जैधन रावले जानकारी दिनु भयाे ।
छाेरिले छाेराकाे पत्ता लगाए लागत्तै आफू छाेराकाे खाेजिमा भारत गएकाे बताउनु भएकाे छ । २०७४ सालमा हराएकाे छाराे २०८३ साल बैशाख महिनाकाे १५ गते भारतकाे दिल्ली स्थित भगवत जिल्लाकाे सिबपुर भन्य ठाउँमा आफू र खार्पुनाथ गाँउपालिका वडा नम्बर ३ का बलविर रावलले सकुशल छाेरा फेला पारेकाे जानकारी दिनु भएकाे छ ।
अहिले सम्म भारतमा शाहु (सेट) काे घरमा काम गर्दै आफ्नाे पेट मात्र पेल्ने काम गरेका बिजय रावललाई दिल्लीकाे भगवत जिल्लाकाे सिबपुरबाट शरिरमा एकसरो कपडाकाे साथमा भेटेर आजै नै नेपालमा ल्याएकाे अर्का बलविर रावलले जानकारी दिनु भएकाे छ ।
लामाे समय सम्म दिन रात छाेराकाे प्रखाइमा बितेका वर्ष हराएको छाेरा फेला पर्छ भन्ने आसा ले दिन काटेर बस्दै आएको हुदा अहिले आफ्नै काखमा २३ वर्षको तन्नेरी छाेरा सँगै हुदा पूरा छाेराकाे निम्ति रुदै दिन रात काटेको दुख अहिले सबै बिर्से काे र मन निकै खुसि भएकाे जैधन रावलले बताउनुभयो ।
























