
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल भएका हुन ।
५२ जना मोतिबिन्दु र दुई जनाको आँखामा मासु पलायका ेबिरामीको सफल शल्यक्रिया गरि ५४ जनाको गुमेको आँखाको ज्योति प्राप्त गर्न सफल भएको सर्केगार्ड गाउँपालिका साँया स्वास्थय चौकीका संयोजक बबरजंग पालले बताए । । शल्यक्रिया भएका सबै बिरामीलाई पून जाँच गरि परामर्श दिएर घर पठाईएको छ ।
यस शिविरमा उमेर समुह अनुसार ४९ बर्ष मुनिका ३ जना ५० देखि ५९ बर्षका चार जना ६० देखि ६९ बर्षका २४ जना ७० देखि ७९ बर्षका १६ जना, ८० बर्ष माथिका ७सात जनाको शल्यत्रिया गरिएको हो । त्यसमा महिला २९ जना पुरुष २५ जना गरि जम्मा ५४ जनाले शल्यक्रिया सेवा पाउनु भएको हो । दुई दिनसम्म सञ्चालन भएको शिबिरमा १८७ महिना र १२७ जना पुरुष गरि ३१४ जनाको आँखाको उपचार गरिएको हो ।
सो शिविरमा तिलगंगा अस्पतालबाट नेत्ररोग बिशेषज्ञ चिकीत्सक सुनिल थापा सहित चार जना बिशेषज्ञ चिकीत्सक र सायाँ स्वास्थ्य चौकी तथा स्वास्थ्य शाखाका १५ जना गरि जम्मा १९ जनाको टोली परिचालन गरिएको थियो । शिविरमा हुम्ला जिल्लाका सर्केगाड र चंखेली गाउँपालिकाका वृद्ध वृद्धाहरुले प सेवा प्राप्त गरेका छन् ।
आँखा शिविर निरन्तर चार बर्ष यता सञ्चालन भईरहेको र तिलगंगा आँखा प्रतिष्ठानले सहयोग गरिरहेकाले सर्केगाड मै आँखा उपचार र आवश्यक आँखा जाँच गरि चस्मा समेत सायाँ स्वास्थ्य चौकीमा सेवा दिने कार्य भएको हो ।
शिविर घर आगनमा संचालन भएकोले सेवाग्राहीहरु खुसी भएका थिए । सर्केगाड गाउँपालिका हुम्लाको समन्वय, सेवा फाउन्डेसनको आर्थिक तथा तिलगंगा आँखा अस्पतालको प्राबिधिक सहयोगमा सायाँ स्वास्थ्य चौकी सर्केगाडमा सन्चालन भएको निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो ।























