
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन् ।
सिमाना सम्वन्धि कुरा स्थानीय युवाहरुलाई जानकारी गराउनका लागि आयोजना गरिएका छलफल कार्यक्रममा हुम्ला जिल्लाका बुढापाकाहरु यस्तो अनुचव सुनाएका हुन ।
सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका ६६ वर्षका कुम्भ कार्कीले कवाडीदेखि नुन्याखारासम्म वग्ने कवाडी नदी नै दुई जिल्ला छुट्याउने सिमाना भएको बताए । अहिले जुन जुन स्थानमा बाजुरावाट दावी गरिएको छ त्यो गलत भएको पहिलेबाट नै कवाडी नदीलाई नै सिमाना मानेर नै भोग चलन गरिएको उनको भनाई छ ।
कवाडीदेखि मानि राखी खर्कसम्म पनि भुभाग छ त्यहाँ पहिलेबाट हुम्लावासीले दुई जिल्लाको भुभागमा भोग चलन गर्दै आएको उनले बताए । अहिले चौकी निर्माण गर्ने क्रमा जे जस्तो कुरा र दावी आएपनि त्यो सत्य नभएको र बाजुराका गुम्बा गाउँका स्थानीय र हुम्लाका भोग चलन गर्ने स्थानीय बसेर छलफल गरे सत्य कुरा बाहिर आउने उनले बताए ।
त्यसैगरि सर्केगार्ड गाउँपालिका— २ का ७८ वर्षका पुस्या फडेराले नदी पारी बाजुरा र नदी वारी हुम्लाको भुभाग भएको कुरामा दुई जिल्लाका सो क्षेत्रका स्थानीयविच सहमति पहिल्यैबाट भएको बताए । नदी पारी हुम्लाले दावी गर्न नहुने र नदी वारी पर्ने सवै क्षेत्र कसैलाई छोड्न नहुने भनाई उनको छ ।
हामी उपभोग गर्ने स्थानीयविच सुरुवातबाटै भएको सहमति अनुसार अगाडी बढे समस्या पनि नहुने र सवैको जीत पनि त्यसैमा हुने उनको भनाई छ । यता खार्पुनाथ गाउँपालिका— २ को थाली गाउँका कणबहादुर रावलले सैपाल हिमाले हुम्ला र बझाङ जिल्लाको सिमाना छ्ट्याए जस्तै कवाडी खोलादेखि नुन्याखारासम्म वग्ने नदी हुम्ला र वाजुरालाई छ्ट्याएको बताए ।
रानी खर्कको पर्यटकीय क्षेत्र र जडिबुटीको लोभमा अहिले बिबाद सृजना गरिएको बताउदै उनले पहिलेबाट भएको सहमति अनुसार अगाडी बढ्नुको बिकल्प नभएको बताए । सामाजिक सञ्जालमा हुने नहुने कुरा राखेर समाजलाई जिस्काउने कार्य नगर्न पनि उनले बाजुरावासीलाई आग्रह गरे ।

हुम्ला जिल्लाका ताँजाकोट, सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका सिमाना जोडिएका स्थानीयको पशुपालन र आम्दानीको श्रोतका रुपमा रहेको सो क्षेत्रको जमिन आफ्नो नछोड्ने र अर्का नहड्प्ने नीति हुम्लाले लिनु पर्ने भनाई उनको छ । कवाडी नदीलाई सिमाना नमानिए जुन सुकै मूलय चुकाउन पछि नपर्ने उनको भनाई छ ।

यता उक्त गाउँपालिकाको वडा नम्बर ३ को राया गाउँका हिरु बुढाले हाल विवादमा आएको वन क्षेत्र हुम्लाको भएको प्रमाण आफुुहरुलाई दिएको तात्रपत्र देखाउदै तत्थ्य र प्रमाणका आधार हुम्लावासी बोली रहेको बताए । अर्को कुरा लाम्पाता, च्याचौर क्षेत्रमा गठन गरिएका सामुदायीक वनको प्रमाण हेर्न पनि उनले वाजुरावासीले आग्रह गरे ।























