सि.टा. समाचारदाता
सिमकोट । बिश्व बाताबरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । “ सम्बृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृति मैत्री ” भन्ने मुल नाराका साथ सिमकोट गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयको हातामा बिभिन्न बिरुवाको बोटहरु लगाएर सो दिवस मनाईएको हो ।
पाँच प्रकारका बिरुवा लगाएर बिश्व बाताबरण दिवस मनाउने कार्यक्रम सम्पन्न भएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले बताए । विद्यालयमा हरियाली बनाउनका लागि विद्यालयको हातामा बृक्षरोपण गरिएको छ ।
विद्यालयको हातामा देवदार, सल्ला, धुपी, ओखर, चुली लगाएतका बिरुवाहरु लगाउने कार्य भएको हो । बृक्षारोपण गर्ने कार्यक्रम जिलला समन्वय समितिका प्रबक्ता सरिता रावत, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपाकिलाकी उपाध्यक्ष शुशिला भाम रोकाया, सुरक्षा निकायका प्रमुख, फेकोपनका अध्यक्ष, कार्यालय प्रमुख, राजनीति दलका नेताहरु, उद्योग बाणिज्य संघका अध्इष लगाएतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा आफुले लगाएका बिरुवाको हेरचाह गर्ने जिम्मा उक्त विद्यालयमा अध्ययनरत छात्रलाई एक महिनाको लागि दुई हजार रुपियाँ दिने गरि लगाएको प्रजिअ रेग्मी बताए । त्यसैगरि अन्य बिरुवाको हेरचार विद्यालय परिवारले गर्नेछ ।
सो अवसरमा उक्त विद्यालयको छात्रवासमा अध्ययन गर्दै आएका पचास जना बिधार्थीहरुलाई स्टेस्नरी समेत डिभिजन बन कार्यालयले लहयोग गरेको छ । यो ५४ औं बिश्व बाताबरण दिवस मनाईएको हो ।
























