सि.टा. समाचारदाता
हसिमकोट । हाल सामाजिक सञ्चालनमा आएको जसरी आफुले जथाभावी हाजिरी नगरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताएका छन् । जिल्ला बाहिर रहँदा पनि कार्यालय कै काम गरि रहेको र कामको चाप पनि उस्तै भएको कारण टेन्सनले बाहिर रहेको दिनको पनि हाजिरी हुन गएको त्उनको भनाई हो ।
गत बैशाख १ गतेबाट ४ गतेसम्म कार्यालयको कामको शिलशिलमा जिल्ला बाहिर रहे पनि काम भने कार्यालय कै गरेको, कामको बोझ पनि उस्तै रहेको र राष्ट्रिय अभियान समय मै सञ्चालन गर्न नसकिने अवस्थाको टेन्सनले आफु जिल्लामा आई पुगेको दिन बाहिर रहँदाको समयको पनि हाजिरी हुन गएको डाक्टर तिवारीले बताए । ती दिनको कतैबाट आफुले टिएडिए नखाएको, कार्यालयबाट पनि दावी नगरेको उनको भनाई छ ।
यतिबेला सामाजिक सञ्जालमा डाक्टर तिवारीले गत बैशाख १ गतेदखि ४ गतेसम्म जिल्ला बाहिर भएर पनि कार्यालयमा उपस्थिती भएप्छि हाजिरी गरेको भन्दै बिरोध भई रहेको छ ।
राष्ट्रिय अभियान अन्र्तगत भिटामिन र जुकाको औषधी खुवाउने कार्यक्रम गत बैशाख ५ र ६ गते थियो । आफुलाई प्रदेश आपुर्ती निर्देशनालयबाट वैशाख ४ गते मात्र जानकारी आएको कारण त्यो औषधी लिन समय लागेको र वैशाख ५ गते औषधी हवाई मार्गबाट नेपालगंजदेखि पठाउने प्रयास भएपनि सफल नभएको कारण सो अभियान हुम्लामा दुई दिन पछि सरेको थियो ।
उक्त अभियान समय मै सञ्चालन गर्न नसकिएको र बिरामीको उपचारमा पनि उस्तै खटि रहेको बेला हाजिरी गर्नु परेको कारण त्यस्तो हुने गएको उनले बताए । त्यसलाई नियमानुसार गर्ने कार्य आफुले गरि सकेको उनले बताए ।
























