सि.टा. समाचारदाता
सिमकोट । उच्च क्षेत्रमा पशु चरनका लागि खर्कमा टाँगिएका गोठालाका पालहरु हटाउने कार्य भएको छ । दुई जिल्लाविच सिमा विवाद भई रहेको बेला बाजुराको हिमाली गाउँपालिकाका स्थानीय सो खर्कमा पुगेर हुम्लाका गोठालाका पालहरु हटाउने कार्य गपिरएको हो ।
जिल्लाको बाजुरा जिल्लासंग सिमाना जोडिएको ताँजाको गाउँपालिका– १, ३ र ५ का स्थानीयले पशु चरणका लागि खर्कमा गोठाला वस्नका लागि टाँगिएका पालहरु हटाउने कार्य बाजुराको हिमाली गाउँपालिकाका स्थानीय आएर गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले टेलिफोन मार्फत जानकारी दिए ।
दुई जिल्लाको सिमा क्षेत्र र हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाका तीन वटा वडाका स्थानीयले पुस्तौदेखि पशु पालन गर्दै आएको मासपुर पारीको फुली गुम्बाको लेकको माझवाडा, गौरीवास र फुली लेकमा रहेका बीस वटा गोठालाका पालहरु हटाएर हुम्लातर्फ धपाईएको छ बता ।
सो स्थानमा बीस दिन अगाडी ताँजाकोट गाउँपालिकाका स्थानीयले भेडाबाख्रा, गाई, झोपा, जुमा, घोडा लगेका थिए । बाजुराको हिमाली गाउँपालिकाका स्थानीयले हुम्लाको ताँजाकोट गाउँपालिकाका गोठालाहरुको पशु पालनका लागि खर्कमा टाँगिएका पालहरु हटाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । यसरी गोठ हटाउने कार्य बिहीबार भएको हो । सञ्चार सम्पर्क नहुने सो स्थान दुई जिल्लाको सिमाना कवाडीबाट एक दिन पैदल लाग्छ ।
























