बन्द भएपछि यात्रुहरु धुलाचौरमा अलपत्र

सि.टा. समाचारदाता
सिमकोट ।     सीमा बिबादलाई लिएर बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरको युवाक्लवले गरेको बन्दका हुम्लामा आउने र हुम्लाबाट गएका यात्रहरु अलपत्र पर्नु भएको छ । धुलाचौरमा बुधबार राती दश वजेबाट बन्द गरिएको कारण हुम्लाबाट गएका र आउने यातायातका साधनहरु सवै त्यतै रोकिएको कारण यात्रुहरु समस्यामा परेका हुन ।

बुधबार रातीबाट भएको वाजुरा र हुम्ला जिल्लाको सीमा बिबादलाई लिएर बाजुरा पक्षबाट गरिएको धुलाचौर बन्दको कारण सुर्खेत नेपालगंजबाट आउने र हुम्लाबाट जान यात्रुहरु अलपत्र अवस्थामा परेका छन् । दुवैतर्फ गरि बस, ट्रक, वोलेरो जीप, ट्याक्टर, मोटरसाईलक लगाएतका असी भन्दा बढी यातायातका साधनहरु धुलाचौरमा बन्दको कारण रोकिएका छन । हुम्ला आउने र हुम्लाबाट जाने नब्बे जना यात्रुहरु धुलाचौरमा समस्यामा परेका हुन । धुलाचौरको बिच सडकमा बन्दका आयोजकले ढुङ्गा राखेर सडक अवरुद्ध पारिएको छ । हालसम्म बन्द गरिएको सडक खुलाउने प्रयास नगरिएको कारण त्यस खुलाउनेतर्फ लाग्न अलपत्र यात्रु प्रकाश जैसीले बताउनुभयो ।

बन्द गरिएको सडक खुलाउनका लागि वाजुराको स्थानीय प्रशासनलाई प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । दुई जिल्लाको सिमाना लाम्पाटा, च्याचौर सीमा विवादलाई लिएर दुई जिल्लाका स्थानीयविच बिबाद भएपछि गत जेठ ५ गते लाम्पाटामा दुई पक्षविच झडप भएको थियो । त्यसपछि दुवै पक्षको विवाद चुलिदै गएको छ । सो झडपमा वाजुराका चार जना घाईते भएका थिए ।