सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा जिल्लाको धुलाचौरमा गरिएको बन्द सुचारु भएको छ । सडक बन्दले हुम्ला आउने र हुम्लावाट जाने यात्रुहरु धुलाचौरमा अलपत्र परेपछि गृहमन्त्री सुदन गुरुङको बिशेष निर्देशन पछि बाजुराको जिल्ला प्रशासन कार्यालयले बन्द सडक सुचारु गराएको हो ।
गत बुधबार राती दश वजेबाट बन्द गरिएको कर्णाली करिडोरको बाजुरा खण्डको धुलाचौरमा बन्द सडक सुचारु भएको प्मुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । शुक्रबार गृहमन्त्री गुरुङले दुवै जिल्लाका प्मुख जिल्ला अधिकारीलाई फोन गरेर बन्द राजमार्ग छिटो खुलाउन बिशेष निर्देशन दिएका थिए ।
शनिबार बिहान नौ वजेर बीस मिनेटमा बन्द गरिएको सडक वाजुरा प्रशासन कार्यालयको पहलमा सचारु गराउने कार्य भएको हो । सीमा बिबादलाई लिएर बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्रमा स्थानीयले कर्णाली करिडोरको धुलाचौरमा चौथो दिन बन्द सडक सुचारु भएको हो ।
यसको कारण सुर्खेत नेपालगंजबाट आउने र हुम्लाबाट जान यात्रुहरु अलपत्र अवस्थामा परेको र बन्दबाट पिडित हुँदै आएका थिए । दुवैतर्फ गरि बस, ट्रक, वोलेरो जीप, ट्याक्टर, मोटरसाईलक लगाएतका असी भन्दा बढी यातायातका साधनहरु धुलाचौरमा बन्दको कारण रोकिएका छन ।
बन्द खुलेपछि यात्रुहरु आआफ्नो गन्तव्यतर्फ लाग्नु भएको छ । दुई जिल्लाको सिमाना लाम्पाटा, च्याचौर सीमा विवादलाई लिएर दुई जिल्लाका स्थानीयविच बिबाद भएपछि गत जेठ ५ गते लाम्पाटामा दुई पक्षविच झडप भएको थियो ।
त्यसपछि दुवै पक्षको विवाद चुलिदै आएको थियो । सो झडपमा वाजुराका चार जना घाईते भएका थिए । विवादका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिन माग गर्दै बाजुराको तर्फबाट कर्णाली करिडोर बन्द गरिएको हो ।
























