आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सिमकोट गाउँपालिकाले माग्यो सुझाव

सि.टा. समाचारदाता

सिमकोट ।      सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि नीति तथा कार्यक्रम तर्जुमाका लागि सार्वजनिक सुचना जारी गरेर सुझाव माग गरेको छ । सोमबार गाउँपालिका अध्इष विजय भण्डारी र प्रमुख प्रशासकीय अधिकृत भोलारम पंगालीद्धारा हस्ताक्षर गरिएको सुचनामा सो कुरा उल्लेख गरिएको छ ।

गाउँपालिका आगामी आवको बार्षिक नीति, कार्यक्रम र वजेट तर्जुमाको परम्भिक चरणमा रहेको र त्यसका लागि सकरात्मक सुझाव माग गरिएको सुचनामा जानकारी गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयगत रुपमा छुट्टाछुट्टै “सम्बृद्ध सिमकोट सुखी सिमकोटवासी” को नारालाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्य पुरा हुने खालका आआफ्ना अमुल्य र सकरात्मक सुझाव असार ४ गते भित्र गाउँपालिकाको कार्यालयमा पठाउन सुचनाका आग्ह गरिएको छ ।

यी सुझावहरु गाउँपालिकाको इमेल, ह्वाटसव र म्यासेज वक्समा पठाउने सकिने उल्लेख गरिएको छ । आगामी आवको वस्ती तथा वडा तहमा योजना छनौट कार्य सुरु हुन लागेको छ । असार १० गते सिमकोट गाउँपालिकाले वजेृट ल्याउने तयारी गरि रहेको छ ।