
सि.टा. समाचारदाता
सिमकोट । वाजुरा र हुम्ला जिल्लाको सिमा विवादका लागि गठिन अध्ययन समितिको टोलीले हुम्लावाट फिर्ता भएको छ । सिमा विवादको यथार्थ अध्ययनका लागि नापी बिभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक शुशिल डंगोलको टोली हुम्ला आई पुगे लगत्तै स्थानीयसंग छलफल र यथार्थ कुरा बुझने कार्य सम्पन्न गरेर बाजुरातर्फ लागेको हो ।
बाजुरा हुम्ला जिल्लाको सिमा विवादका लागि सरकारले गठन गरेको अध्ययन समितिले हुम्लामा आफ्नो काम सम्पन्न गरेर वाजुरातर्फ लागेको प्हरी नायव उपरिषक शंकर खड्काले बताए । हुम्लावासीसंग छलफल, सुझाव, राग माग गर्ने, केही तत्थ्य लिने काम सम्पन्न गरेर वाजुराको मार्तडीतर्फ शुक्रबार लागेको हो ।
यसअघि सिमा विवाद अध्ययन टोलीसंग हुम्ला जिल्लाको तर्फबाट भएका प्रमाण, पुस्तौदेखि गर्दै आएको भोगचलन र स्थानीयले भोगेका अनुभवहरु सुनाउने कार्य भएको छलफलमा सहभागी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
हाल दुई जिल्लाविच देखिएको सिमा विवाद भएको क्षेत्रमा हुम्ला कै तत्कालीन गाउँपञ्चायत र गाउँ विकास समितिविच बिबाद भएपछि जिल्ला अदालत र जुम्ला अदालतमा पुगेको र त्यसको फैसला, जरिवाना, मिलापपत्र गरिएको प्रमाण समेत पेश गरिएको थियो ।
त्यसैगरि खार्पुनाथ गाउँपालिका– २ का पुर्व वडा अध्यक्ष सत्तरी वर्षका कर्णबहादुर रावलले नौ वर्षको उमेरबाटै आफु भेडा पालनका लागि लाम्पाटा च्याचौर क्षेत्रमा गएको, जडिबुटी सङ्कलन गरेर भोगचलन आफुहरुहले अहिलेसम्म गर्दै आएको टोलीलाई सुनाए ।
२०३४ सालमा लाम्पाटा च्याचौरमा आफु एउटा अध्ययनका लागि पुगेको बताउदै हुम्ला जिल्लाका पुर्व सासद छक्क बहादुर लामाले सिमानाका बारेमा आफ्नो अनुभव सुनाउनुभयो । गुगोल भन्दा पनि भुगोलमा पुगेर मात्र सिमा बिबाद समाधान गर्नु पर्ने सुझाव उनले सुझाव दिएका थिए ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यष प्रेमबहादुर लामा, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पनि स्थानीयको भोगचलन, हालको अवस्थाका वारेमा समितिको टोलीलाई जानकारी गगराएका थिए ।
कार्यक्रम नाम्खा गाउँपालिका– ३ का ८३ वर्षका खगालगाउँका रघु लामाले आठ वर्षको उमेरबाट रानी खर्कमा चौरीको गोठालो लागेको सुनाए ।
टोलीलाई हुम्लावासीको तर्फबाट तत्थ्य, प्रमाण, अदालतको फैसला लगाएतका कागजातहरु प्रमाणका पेश गरिएको थियो । समितिका संयोजक डैगोलले तत्थ्य र यथार्थ स्थानीय स्तरबाटै बुझ्नका लागि टोली जिल्लामा आई पुगेको बताउनुभयो ।
सवै कुराहरु बुझ्नो कार्य टोलीबाट हुने उनको भनाई थियो । स्थानीयबाट आएका सवै कुरा आफ्नो प्रतिबेदनमा समेटेर सरकारलाई बुझाउने उनको भनाई छ । यसअघि अध्ययन समितिका संयोजक डंगोलको नेतृत्वमा पाँच सदस्यहरु हुम्ला आई पुगेको थियो ।
टोलीमा प्रधानमन्त्री कार्यालय तथा मन्त्री परिषद कार्यालयका उपसचिव हरि प्रसाद गुरागाई, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव खिमानन्द अर्याल र सुदुरपश्चि प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव नारायण शाह हुम्ला आई पुग्नु भएको हो । नेपालगंजबाट हवाई मार्गबाट सिमकोट आई पुगेका थिऐ । बुधाबार सुर्खेतबाट सो टोली बिबादित भुभाग लाम्पाटा हेलिकोप्टरमा पुगेको थियो ।
दुई जिल्लाको सिमा क्षेत्र लाम्पाटामा गत जेठ ३ गते झपड भएको थियो । त्यसपछि सरकारले जेठ ११ गते डंगोलको संयोजकत्वमा सिमा विवाद अध्ययन समिति गठन गरैको थियो ।
लाम्पाटा झडपको छानवीन गर्न यसअघि गृह मन्त्रालय नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बिमलराज पौडेलको संयोजकत्वमा एक जाँचवुझ समिति गठन गरेको थियो । सो समितिले दुवै जिल्लाको स्थलगत अध्ययनपछि प्रतिबेदन गृह मन्त्रालयमका बुझाई सकेको छ ।























