सि.टा.समाचारदाता
सिमकोट। जिल्लामा राष्ट्रिय आर्थिक गणना गर्ने कार्य अन्तिम चरणमा पुगेको बेला लक्ष्य भन्दा कम बिबरणहरु सङ्कलन हुने कार्य भएको छ ।
यसअघि सङ्घ सरकार र प्रदेश सरकारबाट प्राप्त हुने कृषिसंग सम्वन्धित अनुदान सहयोगका लागि दर्ता भएका आर्थिकउपार्जन गर्ने फर्महरु बन्द गरिएको कारण आर्थिक गणना कार्यमा कम बिबरण सङ्कलन हुने कार्य भएको हो ।
अब उक्त आर्थिक गणना गर्ने कार्य तीन दिन मात्र बाँकी रहँदा कार्यालयले राखेको लक्ष्य भन्दा कम तत्थ्याङ्क सङ्कलन गर्ने कार्य भएको जिल्ला आर्थिक गणना अधिकारी सुरेन्द्र प्रसाद पन्तले बताए ।
जिल्लाका सात वटै गाउँपालिकाबाट दुई हजार छ सय आर्थिक पक्षसंग सम्वन्धि फर्महरुको बिबरण भएको लक्ष्य राखिएकोमा बुधबारसम्म दुई हजार १७० वटा मात्र त्यस्ता फर्महरुको बिबरण आएको बताउदै उनले अब थपिए पनि थोरै थपिने देखिएको बताए ।
बिबरण संङ्कलन गर्ने कार्य सवै गाउँपालिकामा सकिएको भएपनि गणकहरुलाई थप छुटफुट हुन सक्ने भन्दै गाउँपालिका खटाईएको छ ।
यसरी लक्ष्य भन्दा कम बिबरण आउनुमा पहिलो कारणमा आर्थिक वर्ष ०७४।०७५ मा संङ्घ तथा प्रदेश सरकारबाट कृषि सम्वन्धि अनुदानका लागि कृषि फर्महरु दर्ता गरिएको र सो सहयोग आउन छोडेपछि त्तस्ता फर्महरु बन्द गरिएको कुरा उहाँले स्थलगत रुपमा ब्यवसायीबाट यो कुरा आएको हो ।
अर्को कुरा यसअघि सडक सञ्जाल सवैतिर नजोडिएको कारण जिल्लाका बिभिन्न स्थानमा अस्थायी बजार बनेको र ती बजारमा व्यववसाय सञ्चालन गरिएको र हाल जिल्ला नै सडक सञ्जालसंग जोडिएपछि त्यस्ता अस्थायी बजार बन्द भएर सवै गाउँपालिकामा केन्द्रीत भएको कारण त्यस्ता ब्यवसाय बन्द भएको कारण पनि फर्महरु घटेका हुन ।
यो कार्यका लागि जिल्लाका सात वटै गाउँपालिमा काम गर्ने गरि एघार जना गणक परिचालन हुनु भएको थियो भने दुई जना सुपरिवेक्षकले अनुगमन गर्नु भएको थियो । यो कार्य गत बैशाख २ गतेबाट सुरु भएको थियो । असार ७ गते सम्पन्न हुँदैछ ।
























