बिमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया

सि.टा समाचारदाता
सिमकोट ।        नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्लाका सञ्चारकर्मीसँग बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जीवन तथा निर्जीवन बिमाको महत्व, आवश्यकता र लाभका विषयमा जानकारी गराइएको थियो। सहभागी सञ्चारकर्मीहरूले केही अभिकर्ताले पर्याप्त जानकारी नदिई बिमा गराउने गरेको गुनासो गर्दै जिम्मेवार र पारदर्शी सेवा प्रवाह गर्न सुझाव दिएका थिए।

कार्यक्रममा सहायक निर्देशक विपना पन्थीले नागरिकले सही जानकारी लिएर मात्र बिमा गर्नुपर्ने तथा बिमा कम्पनी र अभिकर्ताले सेवाग्राहीको विश्वास कायम राख्ने गरी काम गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार प्राधिकरणले हुम्लाका चार स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गरिसकेको जानकारी दिनु भयाे ।