सिमकोट गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि १७२ बुँदै नीति सार्वजनिक ( पुरा विवरण )

फोटो क्याप्सन सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभाका सहभागीहरु । तस्बिर : राजन रावत, हुम्ला

सि.टा. समाचारदाता

सिमकोट ।         सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ को लागि नीति सार्वजनिक गरेको छ । मंगलबार पहिलो दिन तेहौं गाउँसभाको आयोजना गरेर सिमकोट गाउँपालिकाले ती नीतिहरु सार्वजनिक गरेको हो ।

सिमकोट गाउँपालिकाले तेह्र वटा क्षेत्रमा काम गर्नेगरि नीतिले एक वर्षमा गर्न सकिने कामहरुलाई समेट्नेछ । ती क्षेत्रको बिकासका लागि १७२ बुँदे नीति गाउँसभा मार्फत सार्वजनिक गरेर पारित गरिएको छ । नीतिले नयाँ कुरालाई खासै प्राथमिकतामा नराखेको भएपनि बुधबार आउने वजेट तथा कार्यक्रमले त्यसको भविष्य निर्धारण गरिनेछ ।

यी नीतिमा टेकेर आगामी वर्षको वजेट तथा कार्यक्रम आउने विस्वास गरिएको छ । यी नीतिहरु गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सभामा बाचन गरेका थिए । त्यसपछि सभाका सदस्यहद्धारा नीति पारित समेत गरिएको छ ।

नीति तथा कार्यक्रम २०८३।०८४ फाईनल