हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउदै

फोटो क्याप्सन सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभाका सहभागीहरु । तस्बिर : राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट ।     जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन । कानूनी रुपमा असार १० गते भित्र बजेट तथ कार्यक्रम सभामा पेश गरि सक्ने पर्ने ब्यवस्था भएको कारण जिल्लाका छ वटा गाउँपालिकाले असार १० गते आज वजेट ल्याउन लागेका हुन ।

जिल्लाका छ वटा गाउँपालिकाहरुमा नाम्खा, सिमकोट, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले बुधबार वजेट ल्याउन लागेको जानकारी प्राप्त भएको हो ।

उत्तरी क्षेत्रका नाम्खा गाउँपालिकाले सवै भन्दा कम ३५ करोडको वजेट ल्याउन लागेको छ भने सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले चौसट्टी करोड भन्दा बढी वजेट ल्याउन लागेको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकाले ५५ करोड भन्दा वढी वजेट ल्याउदै छ भने चंखेली गाउँपालिकाले ४२ करोड वजेट ल्याउदै छ ।

यता अदानचुली गाउँपालिकाले ३८ करोड वजेट ल्याउन लागेको छ । त्यसैगरि ताँजाकोट गाउँपालिकाले पनि आजै वजेट तथा कार्यक्रम ल्याउन तयारी गरि रहेको छ । असार ९ गते खार्पुनाथ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र वजेट ल्याई सकेको थियो । खार्पुनाथले ४९ करोड वजेट ल्याएको थियो ।