सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले आयोजना गरेको दुवै दिनको गाउँ सभामा सम्पुर्ण प्राविधिक कर्मचारी अनुपस्थित भएर बिरोध जनाएका हुन ।
कर्मचारीहरु मध्य नै कोही नजिक र कोही टाढाको भएको ब्यवहार गाउँपालिकाबाट भएपछि यस पटकको दुई दिने गाउँ सभामा अनुपस्थित भएर बिरोध गरिएको प्राविधिक कर्मचारीले बताए ।
बिकास निर्माणका लागि महत्वपुर्ण शाखाका रुपमा रहेको प्राविधिक शाखालाई साईट लगाउने ब्यवहारले आर्थिृक वर्षको अन्तिम समय आउनै लाग्दा त्यसको असर गाउँपालिकालाई पर्न सक्ने उनीहरु बताउछन ।
यसरी गाउँ सभामा अनुपस्थित भएर बिरोध गर्ने सिमकोट गाउँपालिकाका प्राविधिक कर्मचारीहरुमा इन्जिनीयरदेखि सहायक सवइन्जिनीयरसम्म रहेका छन । भौतिक पुर्वाधारतर्फका सम्पुर्ण जिम्मा लिने प्राविधिक कर्मचारीहरुलाई बिभेद गरेको कारण सभा मै अनुपस्थित भएको उनीहरुको भनाई छ ।
अर्को कुरा विषयगत समितिको वैठकमा समेत प्राविधिक शाखाका प्रमुख समेतलाई उपस्थिती गराउनु गाउँपालिकाले आवश्यक नदेको ती प्राविधिक कर्मचारीहरुको आरोप छ ।
गतवर्षको सभामा पनि यस्तै विभेद गरेको उनीहरुको गुनासो छ । यस पटक पनि त्यस्तै ब्ष्यवहार गरिएपछि गाउँपालिकामा र आठ वटै वडामा खटिएको एघार जना प्राविधिक कर्मचारीहरु सभामा उपस्थित नभएका हुन ।
यस सम्वन्धमा सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले सवैको उपस्थितीका लागि सार्वजनिक सुचना जारी गरिएको तर प्राविधिक उपस्थित नभएको बताए । उनले अरु त्यस्तो केही नभएको तर असार आएको कारण काममा ब्यस्थ्य भएकोले पनि सभामा उपस्थित नभएको हुन सक्ने बताए ।
कर्मचारीको सभामा खासै काम नभएको कारण पनि प्राविधिक कर्मचारी उपस्थित नभएको हुन सक्ने उनले बताए । यद्यपि प्राविधिक कर्मचारीहरुले विभेद कै कारण सभामा विरोध स्वरुप अनुपस्थित भएको जनाएका छन ।



















