पहिरो खस्ने समस्याबाट दलित वस्ती सुरक्षित

फोटो क्याप्सन दलित बस्तीमा घरहरु जोगाउन लगाईएको ग्याविन ।

सि.टा. समाचारदाता
सिमकोट ।    एउटा सिंङ्गो दलित बस्तीमा ग्याविक लगाउने कार्य सम्पन्न हुँदा सो बस्ती पहिरोबाट सुरक्षित भएको छ । ५२ घरधुरीको सो वस्ती भिरालो जमिनमा भएको कारण बेला बेला पहिरो खस्ने र केही घरको छेउमै पहिरो खस्न थालेपछि चालु आर्थिक वर्षमा उक्त बस्तीलाई जोगाउनका लागि ग्याविन लगाउने कार्य भएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ को बाम्टा गाउँको सिंङ्गो दलित बस्तीलाई पहिरोको जोखिमबाट जोगाउनका लागि ग्याविक लगाउने कार्य सम्पन्न भएको सो वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताए ।

ग्याविन लगाउने कार्य घरको छेउमा साथै पहिरो खस्ने स्थानमा पनि लगाईएको छ । यसअघि पटकपटक सो बस्तीको छेउमै पहिरो खस्न थालेपछि स्थानीयवासी त्रासकाबिच गाउँमा वस्दै आएको कारण यस आवमा वस्ती सुरक्षित राख्नका लागि ग्याविक लगाउने कार्य गरिएको हो ।

काम बिशेषले आफु सो बाम्टा गाउँमा पुग्दा अधिकाँस स्थानीयले आफ्ना घरलाई पहिरोबाट जोगाउने उपायहरु अपनाउन आग्रह गर्दै आएको र यस वर्ष त्यो माग पुरा भएको उनले बताए । सो वस्तीका स्थानीय बाँचबहादुर सुनारले उक्त बस्तीलाई सुरक्षित राख्नका लागि घरको छेउमा ग्याविन लगाउने कार्यले आफुहरु सुरक्षित महशुस भएको बताए ।

भिरालो जमिनमा पुराना घरहरु आफैमा जोखिममा रहेको बेला त्यस माथि पहिरो पनि खस्न थालेपछि झनै असुरक्षित महशुस भएको बेला यो कामले सिङ्गो दलित बस्तीलाई सुरक्षित बनाएको छ। आफ्ना घरहरु र हिड्ने बाटो जोगाउनका लागि ग्याविन लगाउने कार्य पनि उनीहरु आफैले गरेका हुन ।

अब सो बस्तीका स्थानीयहरुको घर पनि सुरक्षित र कामबाट कमाई पनि भएको छ । यो काम गरेर एक घरले एक लाख रुपियाँ पनि कमाई गरेको उहाँले बताउनुभयो । खार्पुनाथ गाउँपालिकामा लागु भएको स्थानीय पुर्वाधार सहयोग कार्यक्रमले निर्माण सामाग्री र स्थलगत कामका लागि ८२ लाख ७० हजार बजेटको ब्यवस्था गरेर यो कामको निर्माण कार्य सम्पन्न भएको सो कार्यक्रमका ईन्जिनीयर उजिरा रावतले बताए ।

यसबाट साठीलाईको उपभोक्ताबाट ग्याविन लगाउने र अन्य काम भएको थियो भने निर्माण ासमाग्री गाउँपालिकाले २२ लाख ७० हजारमा ठेण्डर गरेर खरिद गरेर उपभोक्तालाई जिम्मा लगाएको थियो । गाउँपालिका कै एउटा नमूना योग्य काम भित्र सो काम परेको हो ।