
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा पहिलो पटक अभ्यास गरिएको दुई वटा कार्यालय सञ्चालन हुने गरि निर्माण गर्न लागिएको भवन निर्माण कार्यले तीस प्रतिशत प्रगति गरेको छ । सम्झौतामा उल्लेख भएको मिति भन्दा अगाडी नै निर्माण कार्य सम्पन्न गर्नका लागि निर्माण कम्पनीले निर्माण कार्यलाई तिब्रता दिएको हो ।
हालको जिल्ला हुलाक कार्यालयको हाता भित्रै रहेको एउटै भवनमा दुई वटा कार्यालय सञ्चालन गर्ने गरि निर्माण कार्य अगाडी बढेको पक्की भवनको निर्माण कार्य धमाधम भई रहेको सघन शहरी बिकास कार्यालय जुम्लाले जनाएको छ ।
गतवर्ष असोजमा सम्झौता भएर निर्माण कार्य सुरु भएको भएपनि हिउदमा चिसोको कारण काम बन्द गरिएकोले जेठ महिनाबाट कामलाई तिब्रता दिने कार्य भई रहेको हो । बिहान छ वजेबाट बेलुका सात वजेसम्म कामदारहरुले भवनको निर्माण कार्य धमाधम गरि रहेको र हालसम्म तीस प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।
हालसम्म निर्माण कम्पनी पक्षले भुक्तानी भने लिएको छैन । अव असार २५ गतेसम्म कामको आधारमा भुक्तानी लिने तयारी भने भई रहेको छ । २०८२ सालको असोज महिनामा कार्यालयसंग निसान पराजुली जेभीले दुई वर्षमा काम सम्पन्न गर्ने गरि सम्झौता गरेको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि पालु रावतले बताए ।
२०८४ सालको अजोज महिनामा भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि सो समय अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने गरि काम धमाधम भई रहेको उनले बताए । साँढे दुई तले भवनको माथिल्लो तलमा कर्मचारीहरुको लागि क्वाटर निर्माण गरिनेछ भने बाँकी दुई तलामा एउटामा हुलाक कार्यालय र अर्कोमा कोष तथा लेखा नियन्त्रण कार्यालय सञ्चालन हुनेछन ।
कुल २८ वटा कोठामा वैठक हल, शौचालन, बाथरुम समेत भवन भित्रै निर्माण गरिने छ । यसका लागि कार्यालयले भ्याट समिति चार करोड ७८ खाल बजेटको ब्यवस्था गरेको छ ।
यो भवनको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आए हुम्लामा पहिलो अभ्यास हुनेछ । यसअघि यसरी सम्युक्त्त कार्यालय सञ्चालन गर्ने गरि भवन निर्माण गरिएको छैन ।
यो भवन निर्माण गर्ने जग्गा हुलाक कार्यालयको भएपनि कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन पनि हुनेछ । हाल सो कार्यालय भाडाको घरमा वस्दै आएको छ ।























