सि.टा. समाचारदाता
सिमकोट । चार जना सैपाल वेस क्याम्पको यात्रा गरि फर्कनु भएका पर्यटकहरु हेलिकोप्टर चार्टर गरेर काठमाडौं फिर्ता भएका छन् । लगातार तीन दिन हवाई सेवा अबरुद्ध भएपछि आईतबार बाह्य पर्यटकहरुले हेलिकोप्टर चार्टर गगरेर काठमाडौं फिर्ता परेको हो ।
केही दिन अगाडी सैपाल बेस क्याम्पसम्मको सफल आरोहण गरि सिमकोट फिर्ता हुनु भएको चार जना बिदेशी पर्यटकहरुले तीन दिन लगातार हवाई सेवा अबरुद्ध भएपछि काठमाडौंबाट हेलिकोप्टर चार्टर गरि बोलाएर फिर्ता हुनु परेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।
शुक्रबार र शनिबार वर्षा तथा हिमपातको कारण हवाई सेवा अबरुद्ध भएको थियो भने आईतबार मौसम सफा भएपनि नीजि एयरलाईन्सहरुले नेपालगंजबाट सिमकोट उडान नभरेको कारण पर्यटकहरुले हेलिकोप्टर चार्टरको बाटो रोज्नु पर्ने बाध्यता आएको होे ।
आईतबार बिहानैबाट तारा एयरको जहाजले नेपालगंजबाट सिमकोटका लागि उडान भर्ने जनाएको भएपनि एक वजेसम्म उडान नभएपछि पर्यटकहरु हेलिकोप्टर चार्टर गर्ने तर्फ लागृेका थिए । काठमाडौंबाट आएको चार्टर हेलिकोप्टर चार वजना पर्यटकहरु बोकेर काठमाडौं फिर्ता भएको छ ।
पर्यटकहरु सैपाल बेस क्याम्पसम्म सफल आरोहण गरेर फिर्ता भएका हुन । हवाई जहाजको टिकट भएपनि उडान नभएको कारण ती पर्यटकहरुले महङ्गो हेलिकोप्टर चार्टर गर्नु परेको हो ।








