सिमकोट गाउँपालिकाले तयार पारेको लोगो कार्यान्वयनमा

फोटो क्याप्सन सिमकोट गाउँपालिकाले तयार पारेको लोगो ।

सि.टा. समाचारदाता
सिमकोट ।          सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गर्दै कार्यान्वयनमा ल्याएको छ । गत असार १० गते सम्पन्न् भएको १३ औं गाउँसभाबाट कार्यविधि पारित गरेको उक्त लोगो गाउँपालिकाले त्यसलाई समग्र पहिचान समेटिने गरि तयार पार्दै सार्वजनिक गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार लोगोको माथिल्लो भागमा राष्ट्रिय झण्डा र आठ वटा स्याउका दानालाई दुवैतिर चारचार वटा दाना राखेर सिमकोट गाउँपालिकामा धेरै संभावना भएको र गाउँपालिकाको सम्बृद्धिको आधारका अर्गानिक फलका रुपमा लिईएको छ । गाउँपालिकाका आठ वटा वडालाई आठ वटा स्याउँका दानाले यहाँ स्याउ खेती राम्रो हुन्छ भन्ने सन्देश दिएको छ ।

त्यसैगरि लोगोमा महिला फुरुषले हात मिएर लैङ्गिक समानता र सामाजिक सदभाव कायम गर्न आपसी एकाताको सन्देश दिएको र त्यो संगै सिमकोट गाउँपालिकाको स्थानीय अर्गानिक रैथाने बाली कागुनो, चिनो, कोदो, जौ, फापरको वाला पनि सोगोमा समेटिएको छ । यसले स्थानीय उत्पादन कुन कुन हुन्छ भन्ने जान्नका लागि सहज हुने बिस्वास गरिएको छ ।

सवै भन्दा तल रातो रिवनमा सिमकोट गाउँपालिका र स्थापना मिति २०७३ राखिएको छ । त्यसैगरि लोगोको मध्य भागमा गाउँपालिकाको भौगोलिक नक्शा र प्राकृतिक सम्पदाहरु चाङ्ला, पञ्चमुखी, रलिङ हिउले टल्किएका सेता हिमालका चुचुरा र हरिया डाँडालाई राखिएको छ ।

त्यसैगरि गाउँपालिकामा वग्ने हुम्ला कर्णाली दोजाम र कर्णाली नदीको संकेत पनि राखिएको छ । त्यसैगरि साँस्कृति तथा जैविक बिबिधतामा रलिङ गुम्बा जस्ले बौद्ध साँस्कृति र विभिन्न माडुले हिन्दु साँस्कृतिलाई चिनाउने संकेत राखिएको छ ।

त्यसैगरि गाउँपालिकामा पाईने विशिष्ट वनस्पतिहरु लौठसल्ला, धुपी, भोजपत्रका पात र रुखहरुका संकेत राखिएको छ र यसले गाउँपालिकाको वन र जडिवुटीको सम्पन्नता झल्काएको छ ।

अर्को कुरा सिमकोट गाउँपालिका पशुपालनका लागि पनि उत्तिक्कै संभावन भएको क्षेत्र भएकोले स्थानीय पशुपालनको पनि संकेत गरिएको छ ।

यसका लागि चौरी गाई र भेडाको चिन्ह राखिएको छ । लोगोमा बिशेष गरि गाउँपालिकाको पहिचान र सम्बृद्धि ल्याउन सकिने संभावनाका क्षेत्रहरुलाई अङ्कित गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

यसैका लागि लोगो तयार गरेर प्रयोगमा ल्याईएको बताउदै अब धेरै कुराको संकेत लोगो आफैले गर्ने उनको भनाई छ । हुम्लामा यसअघि अदानचुली र सर्केगार्ड गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरि सकेका छन् ।

 

त्यसैगरि गाउँपालिकामा पाईने विशिष्ट वनस्पतिहरु लौठसल्ला, धुपी, भोजपत्रका पात र रुखहरुका संकेत राखिएको छ र यसले गाउँपालिकाको वन र जडिवुटीको सम्पन्नता झल्काएको छ ।