सि.टा. समाचारदाता
सिमकोट । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा उच्च हो।
स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुद्री पानी सबैभन्दा तातो हुने गर्छ। तर यस वर्ष जुन महिनामै देखिएको यो तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेको छ ।
गत बुधबार स्पेनको भूमध्यसागरीय तटमा समुद्री पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको थियो। मौसम निकायको पूर्वानुमानअनुसार क्याटालोनिया र अन्डालुसियाबिचका अधिकांश पर्यटकीय तटमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै, बेलियारिक टापु समूहमा समुद्री पानीको तापक्रम २९ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
समुद्री तापक्रममा आएको यो अस्वाभाविक वृद्धि स्पेनमा मात्र सीमित नभई विश्वव्यापी जलवायु परिवर्तनको संकेत भएको हो ।























