स्वतन्त्र भएर निर्वाचन जिते रास्वपामा प्रवेश गरे: वडा अध्यक्ष शाही

सि.टा. समाचारदाता
सिमकोट ।    जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका– ४ का वडा अध्यक्ष पदम बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रदेश गरेका छन् । बुधबार वडा अध्यक्ष शाहीले रास्वपा अध्यक्ष रवि लामिछानेबाट पार्टीको लोगो लगाएर सो पार्टी प्रवेश गरेका हुन ।

बदलिदो परिस्थितीमा आफुले रास्वपा प्रवेश गरेको बताउनदै उनले काँग्रेसमा लामो समय लागेर पनि अवसर पाउन संभावना नदेखिएपछि नयाँ जनताले बिस्वास गरेको पार्टीमा प्रवेश गरेको उनले बताए । आफु स्वतन्त्र भएर निर्वाचन जितेको र स्वतन्त्र पार्टीमा लाग्ने निधो गरे अनुसार रास्वपामा प्रवेश गरेको उनले बताए ।

त्यसैगरि पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले संगठन निर्माण लाग्न आग्रह गर्दै खादा लगाएर वडा अध्यक्ष शाहीलाई स्वागत गरेका थिए । वडा अध्यक्ष शाही २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए ।

त्यसअघि नेपाली काँग्रेसमा रहेका शाहीले काँग्रेसवाटै वागी उम्मेदवारी दिएर निर्वाचन ििजतेका हुन । निर्वाचन जितीसकेपछि उनी गत पुसमा सम्पन्न भएका् नेपाली काँग्रेसको बिशेष महाधिबेशनमा प्रतिनिधिका रुपमा उपस्थिती भएका थिए ।

नेपाली काँग्रेसको चौधौं महाधिबेशनमा शाही महाधिबेशन प्रतिनिधि थिए । प्रवेश कार्यक्रममा रास्वपाकी केन्द्रीय सदस्य टासी लाजोमको उपस्थिती रहेको थियो ।