सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा अबरुद्ध भएको चार दिनपछि हवाई सेवा सुचारु भएको छ । सोमबार मौसम सफा भएपछि नेपाल एयरलाईन्सको जहाजले नेपालगंज र सुर्खेतबाट दुई वटा उडान भरेको हो ।
शुक्रबार र शनिबार खराव मौसमको कारण हवाई सेवा अबरुद्ध भएको थियो भने आईतबार पनि कुनै उडान हुन नसकेको अवस्थामा सोमबार हवाई सुचारु भएको नेपाल एयरलाईन्स सिमकोट शाखाका प्रमुख छिरिङ लामाले बताए । नेपाल एयरलाईन्सको जहाजले नेपालगंज र सुर्खेतबाट एक एक उडान भरेको उहाँले बताउनुभयो ।
यसवाट तीस जना यात्रु हुम्लाबाट बाहिरनु भएको छ भने छब्बीस जना यात्रु हुम्ला भित्रिएका छन । आईतबर मौसम सफा भएपनि कुनै उडान हुन नसकेको पछि लगातार तीन दिन हवाई सेवा अबरुद्ध भएको थियो ।
गत शुक्रबार बिहानैबाट वर्षा सुरु भएपछि त्यसयता हुम्लाका लागि हवाई सेवा अबरुद्ध भएको थियो । शनिबार तारा एयरको जहाजले नेपालगंजबाट सिमकोटका लागि उडान भर्ने तयारी अवस्थामा रहेको भएपनि खराव मौसमको कारण उडान हुन सकेन ।
त्यसैगरि गत शुक्रबार नेपाल एयरलाईन्सको जहाजले नेपालगंजबाट सिमकोट उडान भर्नका लागि उडेको भएपनि कालीकोटको खराव मौसमको कारण बिच बाटोवाटै फिर्ता भएको थियो । हवाई सेवा सुचारु भएपछि दुवैतर्फका यात्रुहरुलाई सहज भएको छ ।









