नेकपा एमालेद्धारा सिमकोट गाउँपालिकामा पार्टी जागरण तथा प्रशिक्षण अभियान सञ्चालन

सि.टा. समाचरादाता
सिमकोट । नेकपा एमाले सिमकोट गाउँपालिका कमिटीले पार्टी जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी संगठनलाई गतिशिल र चलायमान वनाउनका लागि एमाले सो अभियान सञ्चालन गरि रहेको हो ।
एमाले सिमकोट गाउँपालिका कमिटीका लागि पार्टी जागरण अभियान तथा प्रशिक्षण कार्यक्रम आईतबार आयोजना गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज दलबहादुर रावलले जागरण अभियानका बारेमा जानकारी दिदै पार्टी सञ्चालन र गतिशिल बनाउनका लागि प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा दशैतिहारको शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रम होटेल मानसरोवरमा सन्चालन भयको थियो भने कार्यक्रमको अध्यक्षता कमिटीका अध्यक्ष काली बहादुर सुनारले गरेका थिए ।

कार्यक्रममा पुर्व सासद एवं एमाले नेता नेता छक्क बहादुर लामा, जिल्ला कमिटी अध्यक्ष ज्ञामी वुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही, सचिव तिर्थराज वोहरा, सिमकोट गाउपालिका कमिटिका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम कमिटीका सचिव जमान वोहराले सञ्चालन गरेका थिए ।

यो सहित जिल्लाका तीन वटा गाउँपालिकामा एमालेको यो अभियान सञ्चालन भएको छ । यसअघि अदानचुली र सर्केगार्ड गाउँपालिकामा यो कार्यक्रम भई सकेको थियो । अव नाम्खा, खार्पुनाथ, चंखेली र ताँजाकोट गाउँपालिकामा गर्न बाँकी रहेको छ । आगमी कात्तिक २६ गतेसम्म बाँकी गाउँपालिका यो कार्य सम्पन्न एमाले गर्नेछ ।