नारा लेकको सडकको हिउ फाल्ने कार्य सम्पन्न हुँदा यातायात सेवा सुचारु

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको नाम्खा गाउँपालिका– ५ को यारी हिल्सा खण्डको नारा लेकको सडकमा जमेको हिउ फाल्ने कार्य पुरा भएको छ । सडकमा जमेको हिउ पन्छाउने कार्य सम्पन्न हुँदा बन्द रहेको यातायात सेवा सुचारु भएको हो ।

नारा लेकको सडकमा जमेको तीन फिटदेखि चार मिटर अग्लो हिउ पन्छाउने कार्य चौध दिन लगाएर सम्पन्न भएपछि यारी हिल्सा क्षेत्रको बन्द रहेको यातायात सेवा सुचारु भएको हो । गत असोज १० र ११ गते र त्यसपछि पनि दुई पटक परेको नाम्खा गाउँपालिका– ५ को नारा लेक क्षेत्रको सडकमा जमेको हिउको कारण यातायात सेवा बन्द भएको थियो ।

नारा क्षेत्रको दश किलोमिटर सडकमा हिउ धेरै जमेको र उक्त हिउ पन्छाउने एउटा मात्र जेसिवी भएको कारण उक्त हिउ पन्छाउन ढिलाई भएको थियो । गत असोज २१ गतेबाट नारा लेकमा जमेको हिउ पन्छाउने कार्य हिल्सा सिमकोट सडक योजनाले एउटा जेसिवीले पन्छाउन सुरु गरेको थियो ।

 

सो काम सम्पन्न भएर साना ठुला यातायातका साधन सञ्चालनमा आएका हुन । हिल्सा सिमकोट सडक योजनाले ब्यवस्था गरेको एउटा मात्र जेसिवी भएको तर हिउ धेरै भएको कारण बिहान सात वजेबाट बेलुका साँढे पाँच वजेसम्म हिउ फाल्ने कार्य भएको थियो ।

दसैं मनाउन घर आउन खोज्ने नब्बे जना स्थानीय हिल्सामा र एक हजार दूई सय जना चीनको पुलान काउण्टीको ताक्लाकोटमा रहेको कारण जसरी पनि सो हिउ पन्छाउने कार्य पुरा भएको हो ।यो बिचमा २४१ जना ताक्लाकोटबाट हुम्लाबासी हिल्सा आई पुगेर त्यहाँबाट नारा लेकसम्म पैदल हिडेर हुम्ला पुगेका थिए । सडक सुचारु भएसंगै अब सवैलाई सहज भएको छ । यसअघि नारा लेकमा जम्ने हिउ पन्छाउन तीनदेखि चार दिन लाग्ने गथ्र्यो । यस पटक बढी नै परेको कारण समस्या धेरै लागेको हो ।