- सि.टा समचारदाता
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार गर्दा लाग्ने शुल्कलाई नि:शुल्क बनाउने प्रतिवद्धता जनाएका छन् आइतबार सामाजिक फेसबुकमा लेख्दै मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्कलाई निशुल्क बनाउन आफू लागि पर्ने बताएका हुन्।

आफूलाई नागरिकहरूबाट मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्ज धेरै महङ्गो भएकाे गुनासाे आउने गरेको ओलीकाे भनाइ छ। साे विषयमा आफूले सम्बन्धित अधिकारीसँग छलफल गरेर काराेबार गर्दा लाग्ने शुल्क नि:शुल्क बनाउने ओलीले घाेषणा गरेका हुन्।















