महिन्द्राको सर्भिल सेन्टर हुम्लामा स्थापना

फोटो क्याप्सन सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम सहभागीहरु ।

सि.टा.समाचारदाता
सिमकोट । हुम्ला जिल्लामा पहिलो पटक महिन्द्रका सर्भिस सेन्टर स्थापना गरिएको छ । सामाजिक उत्तरदायीत्व समेत प्रदान गर्ने गरि शनिबारबाट सेन्टरको स्थापना भई उद्घाटन समेत गरिएको हो ।

कर्णाली प्रदेशमा पाँचौ जिल्लाका रुपमा महिन्द्राको सर्भिस सेन्टर स्थापना गरिएको सो सेन्टरका कम्पनीको सर्भिस प्रमुख सरद लामाले बताए । महिन्द्रका बोलेरो जीप हुम्ला जिल्लामा धेरै भएको कारण र दुर्गममा पनि आफ्नो सेवा पुर्याउने लक्ष्य अनुसार सबै भन्दा उच्च स्थानमा देशभरमा ५४ औं शाखाका रुपमा सेन्टर स्थापना गरिएको छ ।

सेवाका साथै सामाजिक उत्तरदायित्य पनि पुरा गर्ने गरि सेन्टर स्थापना गरिएको उहाँले बताउनुभयो । आजैबाट सेन्टरले सेवा पनि प्रदान गर्न सुरु गरेको छ । सेन्टरको उद्घाट गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सर्वसुलभ र सस्तोमा सेवा प्रदान गर्न सेन्टरलाई सुझाव दिए ।

दुर्गममा यसरी स्थापना हुनु अवस्य पनि सकरात्मक कार्य भएको बताउदै उहाँले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पनि उनले आग्रह गरे । अहिलेसम्म कम्पनी स्तरको सर्भिस सेन्टर स्थापना नभएकोले यातायातका साधनहरुलाई सर्भिसिङ गर्न जिल्ला बाहिर जानु पर्ने बाध्यता समेत हटेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

पत्रकार महासंघका अध्यक्ष राजन रावतले प्रभावकारी र गुणस्तरीय सेवामा ध्यान दिन सुझाव दिए । सेन्टरले प्रदान गर्ने सामाजिक उत्तरदायित्वको कार्य देखिने स्थानमा लगानी गर्न पनि उहाँको सुझाव रहेको छ ।

कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया लगाएतको उस्थिती रहेको थियो । यसको स्थानीय सोनाम ग्यारेजसंगको समन्वयमा सेवा प्रदान गर्नेछ । यस अघि उक्त सेन्टरका शाखा कर्णाली प्रदेशका मुगु, जुम्ला सुर्खेत र दैलेखमा स्थापना भई सकेका छन । अव पुस महिनासम्म जाजारकोटमा पनि स्थापना गरिनेछ ।