घाँस काट्दै गरेकी महिला लडेर मृत्यु

सि.टा. समाचारदाता
सिमकोट । एक जना महिला भिर बाट लडेर मुत्यु भएको छ । भीरमा घाँस काटी रहेको बेला लडेपछि करिब एक सय मिटर तलको खोलामा परेपछि घटना स्थल मै ती महिलाको मृत्यु भएको  जानकारी प्राप्त भएको छ ।

अदानचुली गाउँपालिका– ५ को कर्गाईकी ३७ वर्षीया महिला औला शाही छत्यालको घाँस काटी रहेको बेला लडेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।

उक्त गाउँको कुर्फाल्नामा घाँस काट्दै गरेको बेला चिप्लेर  एक्कासी लडेपछि घटना स्थल मै मृत्यु भएको होे । अहिले प्रहरी घटनास्थलतर्फ लागेको छ ।

दुवै जनाको सल्लाह अनुसार बिहान मृतक महिलाका श्रीमान धनरुप छत्याल तमालुको बोट काट्न गएको र श्रीमति भने घाँस काट्न गएका थिए ।