सि. टा. समाचारदाता
सिमकोट । जिल्ला प्रहरी कार्यालयको हिरासतमा कैदीबन्दीहरुलाई दुई वटा कोठामा बस्नु पर्ने बाध्यता रहेको छ । तीन वर्षदेखि निर्माण कार्य भई रहेको कारगार भवनको काम सम्पन्न नहुँदा जिल्लाभरका कैदीबन्दीहरुले समस्या भोगेर हिरासतको कोठामा बस्नु परि रहेको हो ।
प्रहरी कार्यालयमा रहेको हिरासतको सानो कोठामा नौ जना बस्नु पर्दा समस्या भोगी रहेको कैदीबन्दी देवजन सार्कीले बताए । खाना समेत त्यही कोठामा पकाएर खानु पर्ने बाध्यता रहेको बताउदै बास्तवमा कैद जीवन सुधारका लागि भएपनि यहाँ त्यो नभएर पिडा सहनु पर्ने बाध्यता रहेको उनले बताए ।
बस्ने कोठासंगैको शौचालन भएको कारण दुर्गन्ध पनि त्यति नै हुने गरेको र त्यस माथि पटकपटक खानेपानीको समस्या आउने भएकोले अर्को समस्या थप्ने उनको भनाई छ । आफुहरु दिउसो कारागारको कम्पाउण्डमा बस्ने भएको केही राहत महशुस भएपनि बेलुकाबाट बिहानको खानासम्म भने कोचिएर एउटा कोठामा बस्नु परि रहेको गुनासो उनको छ ।
जिल्ला प्रहरी कार्यालयले दुई वटा कोठालाई हिरासत बनाएको छ । कारागारको भवन निर्माण कार्य पुरा नभएकोले २०६३ सालदेखि कैदीबन्दीहरु तिनै कोठामा बस्दै आएका छन । उक्त हिरासदमा कैदीबन्दी र पुर्पक्षका लागि अनुसन्धानका क्रममा रहेका गरि बाईस जना हुनुहन्छ । हिरासद कै अर्को कोठामा तेह्र जना अझै दया लाग्दो गरि वसी रहेको कारागारका प्रशासक प्रेम प्रसाद उपाध्याले बताए ।
कारगारको पुरानो भवन भत्किएपछि पहिले नयाँ भवन निर्माणका लागि वजेटको ब्यवस्था नभएको तीन वर्ष अगाडी भवन निर्माणका लागि बजेट बिनियोजित भएको भएपनि भवनको निर्माण कार्य पुरा नभएकोले कैदीबन्दीले समस्यामा जीवन बिताई रहेका छन ।
कारागारको भवन निर्माण कार्य भई रहेको भएपनि सम्पन्न हुन सकेको छैन । यो समस्या अर्को पिडित पक्ष प्रहरी पनि रहेको छ । कारागार पठाउनु पर्ने कैदीबन्दीलाई पनि हिरासत मै राखेर सुरक्षा दिनु प्रहरीका लागि बाध्यता भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । हाल हिरासतमा रहँदै आएका मध्य सत्र जना कैदीबन्दी र छ जना पुर्पक्षका अभियुक्त रहेका छन ।
तिनीहरुको ब्यवस्थापन गर्न पनि प्रहरीलाई कठिन भई रहेको छ । नयाँ कारागार भवनलाई सम्पन्न गर्नका लागि भवन डिभिजन कार्यालय जुम्लालाई पटकपटक ताकेता गर्दा पनि सुनुवाई हुन नसक्नु नै कैदीबन्दी पिडा भोग्नुको मुख्य कारण भएको छ ।
एक्कार्य वर्षसम्म कारागार रहनु पर्ने कैदीबन्दीहरुलाई हिरासतमा राख्नु पर्ने बाध्यता हटाउनका लागि प्रहरीले सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।










