सि.टा.समाचारदाता
सिमकोट। सिमकोट गाउँपालिका– २ को रामदेव माध्यामिक विद्यालयको अनुगमन गर्ने कार्य भएको छ । विद्यालयमा सञ्चालन गरिएका गतिवधिहरुको कार्यान्वयन पक्ष र समग्र शैक्षिक अवस्थामा हेर्नका लागि अनुगमन गर्ने कार्य गरिएको हो ।
समावेशी शिक्षा क्षेत्रमा काम गर्दै आएको सामुदायीक बिकास केन्द्रको शैक्षिक परियोजना अन्र्तगत कार्यान्वयमा आएका गतिविधिहरुको कार्यान्वयन पक्ष र प्रभावकारीताको अवस्था बुझ्न अनुगमन गर्ने कार्य भएको केन्द्रकाा सामाजिक परिचालन गंगा बोहरा बुढाले बताईन । टोलीले रामदेब माविमा पुगेर सर्वपक्षीय उपस्थितीमा छलफलका साथै अनुगमन गर्ने कार्य गरेको हो ।
त्यसैगरि केन्द्रले गत जेठ महिनायता सो विद्यालयमा विद्यालय सुधार योजना अद्यावधिक गर्नका प्राविधिक सहयोग, बाल क्लव गठन, बालबालिकालाई परामर्स सहयोग, शिक्षकलाई पाँच दिने समावेशी शिक्षा सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम, गुनासो सुनुवाई समयन्त्र सम्वन्धि बैठक, तीन दिने वासिङ्टन सर्भे सम्वन्धि तालिम, दुई दिने शिक्षक सिकाई सामाग्री सम्वन्धि तालिम लगाएतका कार्यक्रमहरु सञ्चालन गरिएका थिए ।
विद्यालयका शिक्षक, बिधार्थीहरुका लागि सञ्चालन गरिएको ती कार्यक्रमको प्रभावकारिता जाँच गर्नका लागि गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिंक्षक, विधार्थी र सञ्चारकर्मीको उपस्थितीमा सामुहित छलफल गरिएको थियो । त्यसको प्रभाव सकरात्मक प्रर्न गएको बिधार्थीले जानकारी गरेका थिए । यता भावी कार्यक्रमका वारेमा पनि सुझाव पनि माग्ने कार्य गरिएको थियो ।
अनुगमनका लागि सिमकोट गाउँपाकिलाका अध्यक्ष बिजय भण्डारी, गाउँपालिका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष नन्द रावत, वडा नम्बर २ का वडा अध्यक्ष देवजंग बोहरा, शिक्षा शाखा प्मुख वर्षबहादुर फडेरा, प्रशासकीय अधिकृत ममता महत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नर भण्डारी लगाएको सहभागीता रहेको थियो । कार्यक्रमको सहजकरण सामाजिक परिचालक बोहराले गरेकी थिईन ।










