स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले स्वास्थ्य सेवा प्रबाह गरेको कार्यको समिक्षा गर्दै ४३ वटा सुचकका आधारमा मुल्याङ्कन गर्दा सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा उत्कृष्ठ ठहरिएको हो ।
आर्थिक वर्ष ०८२।८३ मा गाउँपालिकाका स्वास्थ्य शाखाहरुले प्रवाह गरेर कार्यलाई ४३ वटा सुचकलाई आधार मानेर मुल्याङ्कन गर्दा ३५ वटा सुचारमा सफल हुँदै ७९ प्रतिशत अङ्क प्राप्त गरेर सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखा जिल्ला भरिमा उत्कृष्ट ( प्रथम) ठहरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक भिमबहादुर बुढाले बताए । त्यसैगरि ३० दशमलव ६३ सुचक पार गरेर ७१ अङ्क प्राप्त गरेर ताँजाकोट गाउँपालिका द्धितीय र ३० दशमलव ११ सुचकमा सफलता प्राप्त गरि ७० प्रतिशत अङ्क प्राप्त गरेर चंङ्खेली गाउँपालिका तृतीया स्थान हाँसिल गर्न सफल भएको छ । स्वास्थय सेवा कार्यालयले उपलव्ध गराएको बिबरण अनुसार सर्केगार्ड गाउँपालिकाकाले २९ दशमलव आठ वटा सुचाकमा पार गर्दै ६९ दशमलव पाँच प्रतिशत अङ्क ल्याएको छ भने अदानचुली गाउँपालिकाले २९ दशमवल सात वटा सुचकमा पार गरे ६९ प्रतिशत अङ्क ल्याएको छ । त्यसैगरि नाम्खा गाउँपालिका २८ सुचकमा सफलता प्राप्त गरेर ६५ प्रतिशत अङ्क प्राप्त गरेको छ भने खार्पुनाथ गाउँपालिकाले २७ वटा सुचक पार गर्दै ६४ प्रतिशत अङ्क प्राप्त गरे निक्कै सुधार गर्नु पर्ने अवस्था रहेको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा, प्राप्त गरेको प्रगति बिबरण, स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा दिएको प्राथमिकता, स्वास्थ्य संस्थाहरुको संस्थागत बिकास, कार्य सम्पादन लगाएतका सुचकहरु निर्धारण गरिएका थिए । उक्तष्ट प्रथम, द्धितीया र तृतीय हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई क्रमश नगद पाँच हजार, तीन हजार र दुई हजार रुपियाँका साथै दोसाल्ला ओढाउने र प्रशंसा पत्र प्रदान गरिएको थियो । जिल्ला भरि उत्कष्ठ ठहरिएपछि सिमकोट गाउँपालिका स्वास्थय शाखाका प्रमुख नरबहादुर भण्डारीले काम गर्ने थफ हौसला मिलेको र अझै सेवा प्रवाहलाई गुणस्तरीयता प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे। दुई दिनसम्म सञ्चालन भएको बार्षिक समिक्षा कार्यक्रममा सात वटा गाउँपालिकाका स्वास्थ्य शाखाहरु र स्वास्थ्य सेवा कार्यालयले आफ्नो बार्षिक प्रगति बिबरण प्रस्तुत गरेका थिए ।
फोटो क्याप्सन
उत्कृष्ठ ठहरिएपछि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीलाई सम्मान गरिदै । ।
तस्बिर ः सि.टा.