सि.टा.समाचारदाता
सिमकोट । लामा साँस्कृति मञ्चको आयोजनामा सञ्चालन भएको पुजामा पाँच करोड भन्दा बढी बज्रगुरु मन्त्र जप गरिएको छ । आठौं बज्रगुरु ढुङ्गढुप पुजा २०८३ मा उक्त मन्त्र जप गरिएको हो ।
बौद्ध धर्मलाम्बीहरुको महान धार्मिक पर्व बज्रगुरु ढुङ्गढुप पाँच दिनसम्म सञ्चालन भएको र पुजामा सहभागी हुनु भएका बौद्ध समुदायका महिला पुरुष भक्तजनहरु पाँच करोड २३ लाख तीन हजार उक सय मन्त्र जप गरिएको छ ।
पुजामा सहभागी भक्तजनहरुले एक दिनमा बढीमा एक करोड ३९ लाख सतहत्तर हजार आठ सय कममा एकासी लाख त्रिचालीस हजार मन्त्र जप गरिएको उहाँको भनाई छ ।
सहभागी भक्तजनहरु प्रत्येकले रुद्धाक्षको माला हातमा समात्ने र बिहान पुजा सुरु भएदेखि बेलुका पुजा सम्पन्न हुँदासम्म गन्ने गरिएको थियो । यसरी मन्त्र जप गर्दा समाज र समुदायका राम्रो हुन धार्मिक बिस्वास रहेको छ ।
त्यसैगरि उक्त पुजामा एक हजार दियोमा बत्ती पनि बालिएको छ । यसका लागि लामा पेमा रिक्साल रिम्पोछेले अमृतमय धार्मिक प्रबचन दिनु भएको थियो । उक्त पुजामा सिमकोट र नाम्खा गाउँपालिका पच्चीस भन्दा बढी बस्ती स्थानीय सहभागी भएका थिए ।










