एकाउन्न लाख मुल्य बराबरको अवैध चिनीयाँ मदिरा नष्ट

 

सि.टा. समाचारदाता

सिमकोट । नेपाल र चीनको सिमाना लाप्चा नाकावाट भित्रिदै गर्दा बरामद गरिएको अवैध चिनीयाँ मदिरा बिहीबार सरोकारवाला पक्षको रोहबरमा नष्ट गरिएको छ । गत साउन २८ गते नाम्खा गाउँपालिका– २ को छुङ्साबाट प्रमुख जिल्ला अधिकारी भेलानाग गुरागाईको टोलीले बरामद गरेको मदिरा प्रकृया पुर्याएर नष्ट गरिएको हो ।
सुरक्षा निकायलाई सूचनाको आधारमा सिमकोटबाट अनुगमनमा सो क्षेत्रमा गएको संयुक्त सुरक्षा फौजले बेवारिसे अवस्थामा लुकाएर राखिएको उक्त मदिरा बरामद गरिएको ५१ लाख भन्दा बढी मुल्यको सो मदिरा नष्ट गर्ने कार्य भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख अंगबहादुर कार्कीले जानकारी दिए । साउन २८ गते सम्युत्त सुरक्षा टोलीले लाप्चा नाकाबाट भित्रिएको बेवारिसे अवस्था राखिएको ५१ लाख ९३ हजार छ सय रुपियाँ बराबरको रहेको मदिरा बरामद गरेको थियो । त्यसमा ५९४ कार्टुन चिनीयाँ अवैध मदिरा र १९४ कार्टुन बोर्डबाईजर बरामद गरेको थियो । सो चिनीयाँँ मदिरा जिल्ला प्रहरी कार्यालयमा कोलेनिका, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाही, प्रमुख नायव उपरिक्षक शंकर खड्का, उद्योग बाणिज्य संघको अध्यक्ष रामबहादुर भण्डारी, पत्रकारमहासंघको सचिव नन्द सिंहको रोहवरमा नष्ट गर्ने कार्य गरिएको हो । त्यसैगरि गत साउन ३१ गते ३९ लाख ६६ हजारको चिनियाँ मदिरा संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएर स्थलगत रुपमै नष्ट गरेको थियो । त्यतिबेला छुङसामा लुकाई छिपाई राखेको अवस्थामा अवैध चिनियाँँ मदिरा ६०६ कार्टुन ( ७२७२ बोतल ), बोर्डवाईजर ५४ कार्टुन ( १२९६ बोतल) र हुस्की एक कार्टुन ( १२ बोतल ) बरामद गरिएको थियो ।

फोटो क्याप्सन
बरामद गरिएको अवैध चिनीयाँ मदिरा नष्ट गरिदै ।