हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

सि.टा. समाचारदाता

सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।
संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले बताए । दिवस मनाउन वसेको सर्वपक्षीय बैठकले असोज २ र ३ गते मनाउने निर्णय गरेको हो । जसमा असोज २ गते कार्यालयहरुमा सरसफाई गर्ने ,राष्ट्रिय झण्डा सजाएर राख्ने, साँझ सवै कार्यालयहरुमा दिपप्रज्जलन गर्ने कार्यक्रम तय गरिएको छ भने ३ गते बिहान साँढे सात वजे लोकपन्त्र चोकमा सवै जम्मा भएर प्लेकार्ड सहितको र्याली निकालेर सिमकोट बजार परिकर्मा गरेर तल्लो वजारको धुपी रुख परिक्रम गरेर जिल्ला समन्वय समितिमा पुगेर मञ्चको कार्यक्रम सञ्चालन गरिने छ । सो कार्यक्रममा अपांगता भएको बिधार्थीहरुलाई शैक्षिक सामाग्री र सरसफाईको सामानहरु बितरण गरिने छ । सोही दिन साँझ सात वजे लोकतन्त्र चोकमा छ वजे सवै क्षेत्रका व्यक्तिहरु उपस्थित भएर दिपप्रज्जलन गरिने छ । वैठकमा राजनीति दलहरु, सरकारी कार्यलयका प्रमुखहरु संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
फोटो क्याप्सन
संविधान दिवस मनाउन वसेको वैठकका सहभागीहरु ।.