तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु

  1. सि.टा.ा समाचारदाता
    सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले पन्छाएसंगै यातायात सेवा पनि पुर्ण सुचारु भएको हो ।
    सर्केगार्ड गाउँपालिका– २ को खडीखेतदेखि छारे क्षेत्रको सडकमा ठाउँठाउँमा लगातार वर्षाको कारण भरिएको पहिरो तीन दिनपछि पन्छाउने कार्य हुँदा यातायात सेवा पुर्ण रुपमा सुचारु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । उनका अनुसार हाल नेपालगंज र सुर्खेतबाट आएका यातायातका साधनहरु सर्केगार्डमा रोकिएकोमा सडक सफा भएपछि सिमकोटतर्फ आउन सुरु भएका छन् । केही स्थानमा सडक पुर्ण रुपमा पहिरोले बगाएपछि सडकको नाम निसानै नदेखिने अवस्था रहेको थियो । त्यस स्थानमा सडक नयाँ निर्माण गरिएको छ । सो क्षेत्रको क्षेती पुगेको सडकलाई मर्मत कार्य हिल्सा सिमकोट सडक योजनाले मर्मत गरेको हो । खडीखेतबाट छारेसम्मको सडक दश भन्दा बढी स्थानमा पहिरोले क्षेती पुर्याएको थियो । यातायात सेवा पुर्ण रुपमा बन्द भएको कारण यात्रुहरु मर्कामा परेका थिए । सडक मर्मतपछि ती यात्रुहरु आफ्ना गन्तव्यतर्फ जान पाएका छन ।