सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका सामाग्री सहयोग गरिएको छ । ती अपाङ्गता भएका बालबालिकाहरुको पढाईमा सहयोग पुर्याउनका लागि उक्त सामाग्री सहयोग गरिएको हो ।
संविधान दिवसको अवसरमा साहारा समुह र हिमाली शिक्षा बिकास ( हेड) नेपालमा अध्ययन गर्दै आउनु भएका ८३ जना बालबालिकालाई स्टेस्नरी र सरसफाईका सामाग्री सहयोग गरिएको छ । बिधार्थीहरुलाई कापी, डड्पेन, सावुन, ब्रस, मञ्जन लगाएत आठ प्रकारका सामाग्री सहयोग गरिएको हो । ३३ जना साहारा समुहमा अध्ययन गर्ने र पचास जना हेड नेपालमा अध्ययन गर्ने बिधार्थीहरुलाई छात्रावास मै पुगेर ती सामाग्री प्रदान गरिएको हो । सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा प्रदान गरिएका ती सामाग्रीहरु कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाही, प्रतिनिधि सभा सदस्य जयपति रोकाया र कर्णाली प्रदेश सभाकी सदस्य एवं पुर्वमन्त्री बिजय बोहराले प्रदान गरेका थिए । यसैविच दिवसको अवसरमा असोज २ गते कार्यालयहरुमा सरसफाई गर्ने ,राष्ट्रिय झण्डा सजाएर राख्ने, साँझ सवौ दिपप्रज्जलन गरिएको थियो । दिवस मनाउन असोज ३ गते बिहान बिहान लोकतन्त्र चोकबाट प्लेकार्ड सहितको र्याली निकालेर सिमकोट बजार परिकर्मा गर्दै तल्लो वजारको धुपी रुख परिक्रम गरेर जिल्ला समन्वय समितिमा पुगेर मञ्चको कार्यक्रम सञ्चालन गरिएको थियो ।शनिबार साँझ सात वजे लोकतन्त्र चोकमा सवै क्षेत्रका व्यक्तिहरु उपस्थित भएर दिपप्रज्जलन गर्ने कार्य पनि भएको छ ।
फोटो क्याप्सन
हेड नेपामा अध्ययनरत अपाङ्गता भएका बिधार्थीहरुलाई शैक्षिक तथा सरसफाईका सामाग्री प्रदान गर्दै पुर्वमुख्यमन्त्री शाही ।
























