सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसका १५ औं महाधिबेशन अन्र्तगत गर्नु पर्ने गाउँपालिकाका अधिबेशनमा हालसम्म चार वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको हुम्लामा नेपाली काँग्रेसको तीन वटा गाउँपालिकाका अधिबेशन भने जारी रहेको छ ।
यसरी गाउँपालिका अधिबेशन सम्पन्न भएका गाउँपालिकाहरुमा पेमा लामाको सभापतित्वमा नाम्खा गाउँपालिकामा, बलबिर शाहीको सभापतित्वमा सिमकोट गाउँपालिका, बसन्त शाहीको सभापतित्वमा खार्पुनाथ गाउँपालिका र रणबहादुर रिठ्यालको सभापतित्वमा ताँजाकोट गाउँपालिकामा अधिबेशन सम्पन्न भएको छ । । चङ्खेली, अदानचुली र सर्केगार्ड गाउँपालिकामा भने आकांक्षी बढी भएको कारण गाउँपालिका अधिबेशन जारी रहेको नेपाली काँग्रेसले जनाएको छ । यसअघि असोज ३ र ४ गते जिल्लाका ४४ वटा वडा मध्य नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमी बाहेक अन्य ४३ वटा वडामा वडा अधिबेशन सम्पन्न भएको थिया । काँग्रेसको प्रदेश क र ख को अधिबेशन भने असोज १० गते सम्पन्न गर्दैछ ।




















