फोहोरले भरिएको ढल सरसफाईमा लागे सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत

सि.टा. समाचारदाता
सिमकोट । वर्षादी ओढेर सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर वीस्ी ढल सरसफाई कार्यमा लागेका छन् । तीस घण्टा भन्दा बढी लगातार वर्षा हुँदा जथाभावी आएको फोहोरले ढल भरिएर वजार क्षेत्रमा जथाभावी बग्न थालेपछि प्रशासकीय अधिकृत बीसीले नेतृत्व गर्दै गाउँपालिकाका कर्मचारीले सो सरसफाई कार्य गरेका हुन ।
लगातार वर्षाको कारण वजार क्षेत्रको अव्यवस्थित ढलले गर्दा फोहोर ढल बाहिर आएर सडकमा जथाभावी बग्न थालेपछि त्यसलाई सरसफाई गर्ने कार्य प्रशासकीय अधिकृत वीसीको नेतृत्वमा शनिबार पनि भएको सिमकोट गाउँपालिका लेखा अधिकृत बिशाल बोहराले बताए । सदरमुकाम सिमकोटको माथिल्लो बजार क्षेत्रमा ढलमा फोहोरा आएर बुझिने अनि सडकमा फोहोर पानी र फोहोर जथाभावी वग्न थालेपछि यो कार्य कर्मचारी मिलेर गर्नु परेको उनले बताए । गाउँपालिकाको कार्यालय अगाडीको ढलदेखि काली चोकदेखि लोकतन्त्रसम्मको ढल सफा गरेर फोहोर ब्यवस्थापन गर्ने कार्य पानी परि रहेको बेला बर्षादी र छाता ओढेर गरिएको हो ।
फोटो क्याप्सन
ढलमा जम्मा भएको फोहोर ब्यवस्था गर्दै प्रशासकीय अधिकृत वीसीको टीम ।