सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्र्तगत गर्नुपर्ने गाउँपालिका अधिबेशनमा हालसम्म छ वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको हुम्ला जिल्लमा नेपाली काँग्रेसको एउटा गाउँपालिकाको अधिबेशन भने जारी रहेको छ ।
छ वटामा गाउँपालिका अधिबेशन सम्पन्न भएकाु नेपाली काँग्रेसका पार्टी उपसभापति बसन्त रोकायाले बताए । गाउँपालिका अनुसार अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेमा नाम्खा गाउँपालिकामा सभापति पेमा लामा, सिमकोट गाउँपालिकामा बलबिर शाही, खार्पुनाथ गाउँपालिकामा सभापति बसन्त शाही, रणबहादुर रिठ्याल ताँजाकोट गाउँपालिकाको सभापतिमा, अदानचुली गाउँपालिकामा जीवन बुढा सभापति र सुवास रावत सर्केगार्ड गाउँपालिकाको सभापतिमा गाउँपालिका अधिबेशनले चयन गरेको उपसभापति रोकायाले जानकारी दिए । उनीहरु छ जना गाउँपालिका सभापति सहित दुई जना उपसभापति, एक जना सचिव, एक जना सहसचिव सहित २६ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो । अव चङ्खेली गाउँपालिकामा भने आकांक्षी बढी भएको कारण गाउँपालिका अधिबेशन जारी रहेको र शुनिबार त्यसको टुङ्गो लाग्ने नेपाली काँग्रेसले जनाएको छ । यसअघि असोज ३ र ४ गते जिल्लाका ४४ वटा वडा मध्य नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमी बाहेक अन्य ४३ वटा वडामा वडा अधिबेशन सम्पन्न भएका थिए । यसअघि असोज १० गते एउटा मात्र निर्वाचन भएको जिल्ला हुम्ला भएकोले प्रदेश क्षेत्रका अधिबेशन गर्ने भनिएको भएपनि वर्षाको कारण आवतजावतमा समस्या भएपछि असोज १२ गते पछि मात्र हुने छ । त्यस लगत्तै केन्द्रीय महाधिबेशन प्रतिनिधि छनौट हुनेछ ।
फोटो क्याप्सन
छ वटा गाउँपालिकामा नेपाली काँग्रेसको लागि नयाँ नेतृत्व गर्ने गाउँपालिका सभापतिहरु ।
























