सि.टा. समाचारदाता
सिमकोट । विद्यालयको बालक्लवमा आवद्ध बिधार्थीहरुलाई स्वच्छिक रुपमा प्रभानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माविमा अध्ययनरत बिधार्थीहरुले आफुहरुले दिउसोको खाजाको रुपियाँ बचाएर जम्मा पारी उक्त कोषमा जम्मा गरेका हुन ।
रकम ठुलो नभएपछि मनैबाट आफुले दिउसो खाने खाजाको रुपियाँ बचाएर भोटेकोशी बाढीपिडितहरुलाई आर्थिक सहयोग गर्ने बालक्लवका सदस्यहरुविच सहमति भए अनुसार बिधार्थीहरु र शिक्षकबाट उठेको बीस हजार ८१५ रुपियाँ कोषमा जम्मा गरेर त्यसको बे.क भौचर प्रमुख जिल्ला अधिकारी भालानाथ गुरागाईलाई प्रदान गरिएको आकुरा बालक्लवका अध्यक्ष अरुणिमा पुनमगरले बताईन । यसमा बिधार्थीहरु र शिक्षकहरुले स्वच्छिक रुपमा सहयोग गरिएको हो । यसअघि आर्थिक सहयोग गर्ने बालक्लवका बिधार्थीहरुलाई धन्यवाद दिदै प्रजिअ गुरागाईले यसको जानकारी माथिल्लो निकायमा गराउने र बिधार्थीहरुमा यस्तो भावना जागृत हुनु सकरात्मक कार्य भएको बताए ।
फोटो क्याप्सन
कोषमा जम्मा गरिएको भोचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिदै ।










