सि.टा. समाचारदाता
हुम्ला । दश दिन अगाडी परेको भारी हिमपातले नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तुम्लिङ वजार हिउल छपक्कै ढाकिएको छ । जमिनमा तीन फिट हिउ जमेको कारण उक्त वजारमा वस्दै आएका स्थानीय पनि घर भित्रै वस्दै आएका छन ।
चार हजार मिटर को उचाईमा रहेको तुँिम्लङ वजार असोज ९ गतेवाट ११ गतेसम्म परेको हिमपातले छपक्कै ढाकिएको लिमीको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङले बताए । होटेल ब्यवसायी, चौरी गाईका गोठाला र अन्य स्थानीयहरु घर बाहिर हिडडुल गर्न सक्ने अवस्था नभएकोले घर मै बस्नु परि रहेको छ । लिमी क्षेत्रले हिउले सेताम्मे मात्रै देखिएको आएको छ । तुम्लिङबाट चार घण्टा पैदल हिडेर पुगिले जाङ गाउँ पुग्न दुई दिन समय स्थानीयलाई लागेको छ । सडकभरि हिउ बाक्लो जमेको कारण यातायातका साधन गुड्ने संभावन नभएपछि तुलिङका स्थानीयले पैदल हिडेर सो गाउँ पुग्न दुई दिन लगाएका थिए । तुम्लिङमा सञ्चार सुविधा नभएको कारण सम्पर्कका लागि पनि जाङ गाउँ जानु पर्जे बाध्यता रहेको छ । तुम्लिङमा खानेपानीको धारामा वरफ जमेको कारण पानी आउने छोडेको छ । स्थानीयहरु हिउ बिलाएर पानीको ब्यवस्था गर्न बाध्य भएका छन् । यो वर्ष चाँडै हिमपात भएको कारण यहाँका स्थानीयको जनजीवन प्रभावित भएको छ ।
फोटो क्याप्सन
छपक्कै हिउले ढाकिएको लिमीको तुम्लिङ वजार ।
तस्बिर ः सौजन्य, कुन्जोक तामाङ
समाचार र्राष्ट्रिय









