सि.टा समाचरादाता
सिमकोट । नेपाली काँग्रेसका नेवा एव कर्णाली प्रदेशका पुवमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा सहमहामन्त्री पदमा उम्मेदवार दर्ता गरेका छन् । मंगलबार दिउसो काँग्रेस नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन ।
मंगलबार पुर्वमुख्यमन्त्री शाहीले नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा आफुले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएको बताए । उनले पिछडिएको क्षेत्रको प्रतिनिधित्व मात्र नभएर परिणाम निकाल्नका लागि आफ्नो उम्मेदवारी दर्ता गराएको बताए । आफ्नो सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गर्दै दुर्गम पिछडिएको क्षेत्रको आवाजलाई संस्थागत गर्न, अवसरमा न्यायपुर्ण पहुँचका लागि पहल गर्न, युवालाई केवश झण्डा बोक्ने नभई नेतृत्व गर्ने अवसरको खोजी गर्न, केन्द्र र गाउँ कार्यकर्ताबिचको दुरी घटाउन नियमित सम्वाद र प्रत्यक्ष सम्पर्कको संस्कारको बिकास गर्न र सहमहामन्त्री पदलाई सुविधाको नभई जिम्मेवारी बनाउने किसिमले रहेको प्रतिबद्धता उनले बताए । मुख्यगरि उनले पिछडिएको क्षेत्रको आवाज केन्द्रमा बुलन्द किसिमले उठाउने पनि प्रतिबद्धता जनाएका छन । यसअघि उनले सोमबार काठमाडौंको वाघ वजारको एक होटेलमा सचिवालय स्थापना गरेका छन् ।
समाचार राजनीति









