देशभरका काँग्रेस महाधिबेशन प्रतिनिधिले उचित मल्याङ्कन गर्ने पुर्वमुख्यमन्त्री शाहीको बिस्वास

सि.टा. समाचरादाता
सिमकोट । हाल काठमाडौंमा जारी रहेको नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा पिछडिएको कलस्टरमा सहमहामन्त्रीमा उम्मेदवारी दिएका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले देशभरबाट काठमाडौं आएका महाधबिेशन प्रतिनिधिले उचित मुल्याङ्कन गर्ने बताएका छन ।
काँग्रेसका लागि लामो संघर्ष गरेको र यस पटकको महाधिबेशनमा त्यसको मुल्याङ्कन काँग्रेसका महाधिबेशन प्रतिनिधिहरुmले गर्ने उनले बताएका हुन ।
पन्द्रौ महाधिबेनशमा देशका ७७ वटै जिल्लाबाट आएका महाधिबेशन प्रतिनिधिहरुले आफुलाई धेरै मतान्तरले विजयी गराउने बिस्वास पिछडिएको कलष्टरबाट महमहामन्त्री पदमा उम्मेदवारी दिएका कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री शाहीले बताए । राजधानीको एउटा कार्यक्रममा काँग्रेस नेता शाहीले सो कुरा बताएका हुन । पार्टी प्रतिको लगाव, संगठन निर्माणमा भुई तहदेखि गरिएको योगदानको कदर यो महाधिबेशन अवस्य गर्ने बिस्वास उनको छ । नेपाली काँग्रेसको हाल जारी रहेको पन्द्रौ महाधिबेशनमा देशभरबाट आएका सात हजार भन्दा बढी महाधिबेशन प्रतिनिधिहरुले उचित मुल्याङ्क गरे आफुलाई न्याय गर्ने बताएका छन । अव नेपाली काँग्रेस हालका पार्टी सभापति गगन कुमार थापा कै नेतृत्वमा अगाडी बढ्ने बताउदै आफु सहमहामन्त्रीमा विजयी भई सकेपछि हाल काँग्रेस आउन नसकेका नेता कार्यकर्ताहरुलाई फर्काउन लाग्ने उनले बताए । उनी सहित सात जनाको उम्मेदवारी परेको छ । पिछडिएका कलस्टरबाट पुर्वमुख्यमन्त्री शाही सहित अन्य छ जनाको मनोनयव दर्ता भएको थियो । सो पदमा मनोनयन दर्ता गर्ने अन्य उम्मेदवारमा कर्णबहादुर बुढा, जनकराज गिरी, मिनबहादुर भाम, नारायण प्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट रहेको छ ।