सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटको मुख्य सडकमा पर्ने र सवैका आँखा अगाडी देखिने फिडर होस्टेलका छात्राहरु जिर्ण र हल्लिने भवनमा बस्दै आएका छन् । पुरानो जिर्ण र मानिस आउजाउ गर्दा पनि हल्लीने दुई तले भवनको अवस्थाले अध्ययनका लागि वस्दै आउनु भएका छात्राहरु त्रासको बाताबरणमा बस्न बाध्य भएकी हुन
सिमकोट गाउँपालिका – ५ मा रहेको तल्लो बजार जाने मुख्य सडक मै रहेको चौवासील वर्ष पुरानो भवनको महिला छात्रावास भवनमा छात्राहरु डर, त्रास र भयकाविच बस्दै आएकी मानसरोवर नमूना माध्यामिक विद्यालयमा कक्षा सातमा अध्ययनरता छात्रा भुमिका ऐडीले बताईन । अघिल्लो हप्ताको शुक्रबारबाट लगातार तीन दिन परेको भारी वर्षाको समयमा भवन थर्किने र हल्लिने गर्नाले डरैडरमा बस्नु परेको पिडा उनको छ । उक्त भारी वर्षाको समयमा एक रात फिडर छात्राबासमा वस्ने सवै छात्राहरु डरको कारण संगै रातभर जाग्राम बस्नु परेको दुखेसो उनले सुनाईन । हावाहुरी लाग्दा, भारी वर्षा हुँदा र भुकम्प गएको बेला त डरैडरमा बस्नु परि रहने बाध्यता आफुहरुसंग भएको उनको भनाई छ । फिडर छात्राबासमा वस्दै आउनु भएको सवै छात्राहरु माथिल्लो तलामा बस्ने र त्यहाँ उक्लने भर्याङ पनि ठाडो र जिर्ण अवस्थाको भएकोले माथि चढ्न पनि डर लाग्ने स्थिती रहेको कक्षा नौमा अध्ययनरत छात्रा अनुमा सिंहले बताईन । बीस वर्ष पुराना भएकोले हल्लने भाँचिने अवस्थाका खाटहरुमा सुत्नु परि रहेको छ । दुई वटा कोठामा तीन तीन जना र अरु बाँकी कोठामा चार चार जना छात्राहरु बस्दै आएकी छन् । उनीहरुको पढाई पनि सुत्ने खाटैमा। बसेर पढ्नु परि रहेको छ । त्यसैगरि सोही फिडर छात्रावासमा बस्दै आउनु भएकी मानसरोवर नमूना मावि मै अध्ययन गर्दै आउनु भएकी कक्षा दशकी छात्रा अस्मीता जेठाराले शौचालय पनि जिर्ण रहेको तर त्यसैमा छात्राहरुले प्रयोग गर्नु पर्ने बाध्यता रहेको बताईन । नुहाउनका लागि निर्माण गरिएको कोठा पनि जिर्ण भएकोले आफुहरु सवै जना बाहिरको खूुला स्थानमा निर्माण गरिएको धारामा नुहाउने र हातमुख धुने गरि रहेकी छन । अव आउने चैत महिनापछि छोड्ने तयारीमा रहेकी जेठाराले फिडर छात्रावासको सवै अवस्था दयनीय रहेको गुनासो सुनाईन । छात्रावास भवनको अवस्था नाजुक रहेको भएपनि छात्राहरुले बस्नै पर्ने बाध्यता रहेको वार्डेन रेशमराज रोकायाले बताए । अन्य ब्यवस्थापन जसोतसो चलाई रहेको भएपनि भौतिक संरचनाका लागि आफ्नो केही नलाग्ने अवस्था रहेको भनाई उनको छ । २०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावास भवनका लागि गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको दुई कार्यकाल सकिनै लागेको भएपनि जिर्ण भवनलाई पूननिर्माणका लागि माग गर्दा कुनै सुनुवाई हुन नसकेको मानसरोवर मावि विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष मानवहादुर रोकायाको छ । जिर्ण भवन भएकोले कुनै समय भुकम्प जाँदा ठुलो मानवीय क्षेती हुने जोखिम रहेकोले बेलैमा स्थानीय तह, प्रदेश र संङ्घ सरकारले भौतिक संरचना निर्माणका लागि सोच्न उनले आग्रह गरे । फिडर छात्रावासको अवस्था दयनीय र अत्यास लाग्दो भएपनि हालसम्म कुनै पक्षले पनि ध्यान दिन नसकेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरबहादुर बुढाले बताए । गत साउन महिनामा नयाँ प्रशासकीय अधिकृतका रुपमा सिमकोट गाउँपालिकामा आउनु भएका उनले छात्रावास भवन निर्माणका लागि धेरै निकायको ध्यानाकर्षण गरि सकेको र यो क्रम जारी रहने वताए । भवनको पछाडीको भाग दुई स्थानमा चर्किएको अवस्थामा रहेकोले बेलैमा नशोचे पछि पछुताउनुको बिकल्प नरहेको भनाई उनको छ ।
फोटो क्याप्सन
पुरानो र जिर्ण अवस्थामा रहेको फिडर छात्राको पछिल्लो अवस्था ।
समाचार र्राष्ट्रिय









