सि.टा. समाचारदाता
सिमकोट । बाँके जिल्लाको नेपालगंजमा स्थापना भएको पुर्णतारा फाउण्डेशनले हुम्ला जिल्लाका चार जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । अनाथ, न्यून आश्रोत भएका र लगनशील बिधार्थीहरुलाई उक्त सहयोग फाउडेसनले गरेको हो ।
हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका मानसरोवर नमूना मावि र बालमन्दिर माविमा अध्ययनरत चार जना विधार्थीहरुलाई एक वर्षका लागि पुग्ने पोसाक, स्टेस्नरी, जुत्ता, र झोला लगाएतका सामाग्री सहयोग गरिएको फाउण्डेशनकी संस्थापक तारा रोकाया खत्रीले बताईन । फाउण्डेसनका संस्थापक स्वर्गीय पुर्णबहादुर रोकाया र तारा रोकाया सिमकोट गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन ।
दुई विद्यालयका एक जना छात्रा र एक जना छात्रलाई सो सहयोग गरिएको हो । बुधबार बालमन्दिर माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहरा र सहायक प्रधानाध्यापक जयबहादुर बमले उक्त सहयोग बिधार्थीहरुलाई प्रदान गरेका थिए । त्यसैगरि केही दिन अगाडी मानसरोवर माविका बिधार्थीहरुलाई पनि सो विद्यालयका विव्यस अध्यक्ष मानबहादुर रोकाया र प्रअ अमर बहादुर शाहीले प्रदान गरेका थिए । नेपालगंजमा कार्यालय भएपनि देशभरका सामुदायीक विद्यालयमा अध्ययन गर्ने बिधार्थीहरुले फाउण्डेशनले यो सहयोग गर्दै आएको छ । हुम्ला जिल्लाका विधार्थीहरुलाई सो सहयोग पुगेपछि हिमाल, पहाड र तराईका बिधार्थीहरुले सहयोग प्राप्त गरेका छन् । यसका लागि एउटा अक्षय कोष स्थापना गरिएको छ । यो सहयोग आगमी दिनमा पनि जारी रहनेछ ।
फोटो क्याप्सन
मानसरोवर माविमा बिधार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिदै ।









