सि.टा.समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजारमा उपभोगका लागि म्याद गुज्रेका सामाग्रीहरुको विगविगी भएको पाईएको छ । शुक्रबार दशै लक्षित बजार अनुगमन गर्ने कार्य गरिएपछि त्यो अवस्था देखिएको हो ।
अनुगमनका क्रममा बजारका पसलहरु उपभोक्ताहरलाई उपभोगका लागि म्याद गुज्रेका दैनिक उपभोग्य सामानदेखि पेय पदार्थहरु भेटिएको सिमकोट गाउँपालिका राजस्व फाँटका प्रमुख दलजित कार्कीले बताए । सिमकोट बजारका जति पसलहरुको अनुगमन गरिएपनि सबैमा कुनै न कुनै सामानको म्याद गुज्रेको भेटिएका हुन । ती म्याद गुज्रेका सामानहरुमा मसला, स्प्राईट, आटा, बिष्कुट, कुकिज लगाएका रहेका थिए । म्याद गुज्रेका ती सामाग्रही बरामद गरेर जलाउने कार्य गरिएको र ब्यापारीहरुलाई चेतावनी समेत दिइएको थियो। जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, प्रहरी, उदोग बाणिज्य संघ, सञ्चारकर्मीहरुले सम्युक्त रुपमा बजार अनुगमन गरेका हुन ।
फोटो क्याप्सन
सिमकोट बजारमा अनुगमन गरिदै ।









