हुम्ला अस्पतालमा गरिएको पोषण पूःनस्थापना केन्द्र स्थापना

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक पोषण पून्स्थापना केन्द्र स्थापना गरिएको छ । जिल्लामा लक्षित वर्गका बालबालिकाहरुमा कुपोषण दर बृद्धि भई रहेका बेला ती बालबालिकाहरुलाई जिल्ला मै उपचार गराउने उद्धेश्यका साथ उक्त पोषण पूनस्थापना केन्द्र स्थापना गरिएको हो ।
लामो प्रयास पछि जिल्ला अस्पताल मै सुविधा सम्पन्न भवनमा पोषण पूनःस्थापना केन्द्र स्थापना गरेर सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालयका पोषण सम्पर्क ब्यक्ति पाल्जोर तामाङले बताए । यसरी देखिएका मध्य सवै भन्दा वढी ताँजाकोट गाउँपालिकामा देखिएको स्वास्थ्य सेवा कार्यालयका पोषण सम्पर्क ब्यक्ति लामाले उत्तरी नाम्खा गाउँपालिकामा कुपोषण लागेका बालबालिका नै नदेखिएको उनले बताए । यसका लागि बालबालिका र आमाको पोषणको अवस्थालाई सुधार ल्याउन प्रत्येक अस्पतालमा पूनःस्थापना केन्द्र सञ्चालन गर्नु आवश्यक पर्छ । अव हुम्ला अस्पतालमा त्यो कार्य पुरा भएको छ ।
स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको पछिल्लो तत्थ्याङ्क अनुसार जिल्लाका सात वटै गाउँपालिमा तीन हजार २५२ जना बालबालिकामा परीक्षण गर्दा सो बिबरण अनुसार पछिल्लो अभियान अन्र्तगत परिक्षणका क्रममा २१ जनामा कडा शिघ्र कुपोषित, ८१ जनामा मध्यम शिघ्र कुपोषित बालबालिका रहेको पाइएको होे । यी मध्य ४२ जना बालबालिका अस्पतालमा भर्ना भएका थिए । ३१ जना बालबालिका जिल्ला अस्पतालको निगरानीमा रहँदै आएका छन् । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरिएको हो । यस्ता बालबालिका दुब्लाउने, उमेर अनुसार तौल नहुने, लुरे हुने लक्षणका आधारमा कुपोषित बालबालिका छनौट गरिएको छ । जिल्लाभर पहिलो पटक स्वास्थ्यकर्मीहरुबाट अभियान सञ्चालन गरेको हुनाले कडा शीध्र कुपोषण भएका बालबालिका धेरै देखिएका छन । कडा शीघ्र कुपोषण सङ्ख्या धेरै देखिएकाले आगामी दिनमा सोही अनुसार योजना बनाएर प्रभावकारी कार्यान्वयनको आवश्यक देखिएको सम्पर्क क्यक्ति लामाले बताउनुभयो । यस्तो किसिमको कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ्य हुने गर्छन । स्वास्थ्य सेवा कार्यालयका अनुसार गत कातिक महिनामा पोषण लेखाजोखा अभियान सञ्चालन गर्दा सत्र जना बालबालिकामा शिघ्र कुपोषण देखिएको थियो । ती मध्य बैशाख महिनामा अति कुपोषित देखिएका एघार जना शिशु र दश जना आमालाई कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको थियो । ताँजाकोट गाउपालिका–१ देखि ५ सम्मका सबै टोल बस्तीहरुमा पोषण लेखाजोखा गर्दा पाँच बर्ष मुनिका ती बालबालिकाहरुमा अति शिघ्र कुपोषण देखिएपछि थप उपचार तथा स्याहारका लागि प्रतिष्ठान जुम्लामा पठाईएको हो । हाल जुम्ला लगिएका बालबालिकाको पोषणमा सुधार आएपछि घर फिर्ता ल्याउने कार्य समेत भई सकेको छ । आमा र बच्चा दुवैलाई दैनिक रूपमा अवस्था हेरेर तयारी खाना खुवाउने पर्नेमा र अव सो केन्द्र स्थापना भएकोले सहज हुनेछ । यसरी कुपोषित बालबालिका बढ्नुमा घरमा अभिभावकले ध्यान नदिन, बालबिबाह हुनु, आमा र शिशुको खानामा सन्तुलन नमिल्नु लगाएको कारण रहेका। सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ लाई नियमित कार्यक्रममा समावेश गर्ने तयारी पनि सरकारले गरि रहेको छ । जिल्ला अस्पताल हुम्लामा पनि अव पहिलो पटक पोषण पूनःस्थापना केन्द्र स्थापना गरेर सञ्चालनमा आएकोले यो समस्या जिल्ला मै समाधान गर्न सहयोगी हुने बिस्वास गरिएको छ । राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम वैशाखमा सम्पन्न हुँदा परिक्षण गरिएका बालबालिका मध्य पाखुराको मध्य भागको परिधि विधि र उचाई अनुसारको तौल, जेट स्कोर विधिवाट वालवालिकाहरुको अपनाएर गरिएको र त्यसबाट अति शिघ्र कुपोषणबाट प्रभावित भएको पाईएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताउनुभयो । शनिबार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले औपचारिक रुपमा उद्घाटन गरेर त्यसको सुरुवात गरेका थिऐ । छुट्टै भवन र जनशक्तिको ब्यवस्था गरिएकोले यसवाट प्रभावकारी उपचार हुने बिस्वास गरिएको छ । यसवर्ष आधार बिकास नेपालले सो केन्द्र सञ्चालनमा लागि आर्थिक सहयोग गरेको छ ।
फोटो क्याप्सन
पोषण पूनस्थापना केन्द्रको उदघाटन गर्दै पुर्वमुख्यमन्त्री शाही ।