सि.टा. समाचारदाता
सिमकोट। राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्ला जिल्लामा सञ्चालन गरेको जनताका कुरा हामी सुन्छौ कार्यक्रममा हुम्लाका समस्या समाधान गर्ने प्रतिबद्धता जनाईएको छ । सो कार्यक्रमका लागि हुम्ला जिल्लामा पुग्न भएका उक्त पार्टीका केन्द्रीय सदस्य धुर्व थापामगरले हुम्लावासीले राखेका साझा समस्याहरुको समाधानका लागि आफु पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।
उक्त कार्यक्रममा हुम्लावासीहरुले राख्नु भएका हुम्लाका साझा समस्याहरुमा हुम्ला जिल्लाका आधा पालिका सुगम आधा दुर्गम, तुईनमा मान्छे हिडडुल गर्नु पर्ने वाध्यताको अन्त्य कहिले, पार्टीले उम्मेद्वार छनोटमा पैसा र शक्ति भन्दा योग्यलाई कसरी छान्ने हुम्लाका प्रत्येक गाउँबस्ती जोड्ने साथै कर्णाली करिडोरको हरिबिजोक अवस्थामा सुधार, जिल्ला अस्पताल हुम्लाले विशेषज्ञ चिकीत्कको ब्यवस्था, हिल्सा नाका व्यवस्थित, ताक्लाकोटमा अलपत्र रहेका नेपाली नागरीकको उद्धार र रानीखर्कको बिबादको समाधान जस्ता राखिएका थिए । हुम्लावासीका यस् समस्या समाधानका लागि केन्द्रीय सदस्या थापामगरले सुर्खेतदेखि सिमकोटसम्म गाडीको यात्राले नै हुम्ला र हुम्ली जनता कस्तो र कसरी जीवन विर्नाह गरि रहनु भएको छ भन्ने प्रष्ट भएको जानकारी दिए । हुम्लावासीलाई झुटा आश्वासन दिएर चर्चा कमाउने चन्दा पनि काम गरिसकेपछि देखाउने मनसाय बोकेर आएको हुदा समस्या तथा प्रश्न टिपोर्ट गरिएको उनको भनाई थियो । अब सम्बन्धित ठाउँमा गएर प्रक्रियामा लाग्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभयो । रानीखर्कको विषयमा जानकारी नभएको तर अब बाजुराका केन्द्रीय सदस्य हेमराज थापासहित गृहमन्त्री, कानुन मन्त्री र पार्टी सभापतिसँग प्रत्यक्ष वार्ता गर्ने वाचा उनले गरे । कार्यक्रममा नाम्खा गापा उपाध्यक्ष तक्दिर लामा, एमाले उपाध्यक्ष प्रकाश ब शाही, पत्रकारहरु लगायतले हुम्लाका लागि साझा समस्याहरु सुनाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रले आयोजना गरेको कार्यक्रममा सञ्चालन भने रास्वपा जिल्ला समिति हुम्लाले आयोजना गरेको हो ।
समाचार प्रमुख समाचार









