विश्वकप लिग दुई: आज क्यानडासँग खेल्दै नेपाल, यो श्रृंखला कति महत्त्वपूर्ण?

सि.टा समचारदाता
आजबाट नेपालले आफ्नो विश्वकप लिग( २ को दोस्रो चरणको अभियान सुरु गर्दैछ। पहिलो श्रृंखलाअन्तर्गत गत फेब्रुअरीमा घरेलु मैदानमा नेदरल्यान्डस् र नामिबियासँग खेलेको नेपालले ४ खेलबाट २ अंक जोडेको छ। आजबाट सुरु हुने आफ्नो दोस्रो श्रृंखलामा नेपाल आफ्नो एकदिवसीय लयलाई खोज्ने प्रयासमा हुनेछ।

नेपाली समय अनुसार साँझ ७स्४५ मा क्यानडाको किङ्ग सिटीमा घरेलु टोलीसँग नेपालले प्रतिस्पर्धा गर्दैछ। यो सिरिजमा क्यानडा, नेपाल र ओमान एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। जारी विश्वकप लिग दुईको यो तीन वर्षे श्रृंखलामा बलिया टोलीहरू रहेकाले तुलनात्मक रुपमा प्रतिस्पर्धी टिमलाई हराउनु पर्ने चुनौती नेपाललाई छ।

यस्तोमा क्यानडा श्रृंखलामा नेपाल बलियो मानिन्छ। यो सिरिमा आफ्ना सबै चार खेलमा जित निकालेर नेपाल अंक तालिकामा सुधारको लक्ष्यमा छ। खेलअघिसम्म चार खेलबाट २ अंक साथ नेपाल अंकविहीन युएईभन्दा एक स्थान मात्र माथि छ। त्यसैले तालिकामा आफ्नो सुधार गर्दै अग्रता बनाउने यो सुनौलो मौका नेपालका लागि हुनेछ।

जारी लिगमा नेदरल्यान्ड्सले ८ खेलबाट १२ अंक बनाएर शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ७ खेलबाट ९ अंक साथ दोस्रो स्थानमा छ। क्यानडा ८ खेलबाट ८ अंकबनाएर तेस्रो स्थानमा रहँदा नामिबिया पनि समान ८ अंक साथ चौंथो स्थानमा छ। ४ खेल खेलेको अमेरिका ४ अंक साथ पाँचौं स्थानमा रहँदा समान खेलबाट ओमान छैटौं र नेपाल सातौं स्थानमा छ। युएईले भने ३ खेल खेल्दा खाता खोल्न सकेको छैन।

नेपालका प्रशिक्षक मोन्टी देशाई यो पटक नेपाली टोलीले आफ्नो शक्तिअनुसारको प्रदर्शन गर्नेमा विश्वस्त छन्। उनी भन्छन्,’नेपाली टोलीले यो पटक एक्सपोज र अनुभवका आधारमा आफ्नो क्षमता प्रदर्सन गर्ने विश्वास छ।’ त्यसोत बलिङ र ब्याटिङमा धैर्यतापूर्वक प्रदर्शनको चुनौती नेपाललाई छ।

श्रीलंकामा एकमात्र अभ्यास खेल खेलेर क्यानडा पुगेको नेपालले आफ्नो अझैपनि एकदिवसीय प्रदर्शनमा आफ्नो क्षमता राम्रोसँग जाँच्न यो पटक पाएको छैन। त्यसैले क्यनडासँगको आजको खेल नेपाललाई एकदिवसीय खेलमा पुनस्फर्काउने अभियानमात्र नभएर खेलाडीहरूको क्षमता परीक्षणको अवसरका रुपमासमेत रहेको छ। लगातारको टी( २० फर्म्याटका कारण एकदिवसीय स्वरुपमा आफूलाई ढाल्नुपर्ने चुनौतीमा नेपाली खेलाडी कति खरो उत्रिन्छन्।

त्यसले नेपालको यो सिरिजको भविष्य तय गर्नेछ। तर, कठिन प्रतिद्वन्द्वीहरूबीचको यो स्पर्धामा अब गल्ती गर्ने छुट नेपाली टोलीलाई रहने छैन।

एकदिवसीय विश्वकप छनोटको आधार र सपनाका रुपमा रहेको यो श्रृंखलामा नेपालले आफूलाई प्रमाणीत गर्दै एकदिवसीय विश्वकप पुग्ने चुनौतीलाई आजकै खेलबाट नेपालले कतिअघि लग्न सक्छ त्यसको भनक मिल्ने छ।